
भारतको उत्तर प्रदेशमा रहेको उन्नावमा बुधवार विरोध कार्यक्रममा दंगा नभड्कियोस् भनी खटाइएका प्रहरीलाई गतिलो रक्षाकवच नदिइएको पाइएपछि वरिष्ठ प्रहरी अधिकृतलाई निलम्बन गरिएको छ ।
प्रहरी जवानहरूलाई हेल्मेटको साटो प्लास्टिकको स्टूल र कवचको साटो टोकरी दिइएको थियो ।
यस्तो हास्यास्पद तथा चरम असुरक्षित साधन दिएर प्रहरीको जीवनमा जोखिममा पार्ने प्रहरी अधिकृतमाथि कडा कारवाही गर्न माग गरिएको छ ।