
सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीमा परी बेपत्ता भएका २ जनाको शव फेला परेको छ ।
बिहीवार २ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी राजन अधिकारीले जानकारी दिए ।
मंगलवार राति र बुधवार दिनभरको बाढीमा परी मेलम्चीमा कैयन नागरिक बेपत्ता भएका छन् ।
मेलम्ची बजारसहित खोला आसपासका क्षेत्रमा ठूलो क्षति पुगेको छ ।