×

NIC ASIA

‘अमुक व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गर्नू भनी परमादेश हुन सक्दैन, रिट खारेज गरिपाऊँ’

असार ३, २०७८

Prabhu Bank
NTC
Premier Steels

राष्ट्रपति कार्यालयले कसैको सिफारिस विना राष्ट्रपति स्वयंबाट संविधान बमोजिम सम्पादन भएको कामकारवाही र निर्णय अदालतबाट बदर हुन नसक्ने जवाफ सर्वोच्च अदालतलाई पठाएको छ ।

Muktinath Bank

अमुक व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गर्नू भनि परमादेश जारी हुन नसक्ने पनि राष्ट्रपति कार्यालयको जवाफ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट राष्ट्रपति कार्यालयका निमित्त सचिव रूपनारायण भट्टराईले महान्यायाधीवक्ता कार्यालयमार्फत सर्वोच्चमा पठाएको जवाफमा राष्ट्रपति कार्यालयलाई विपक्षी बनाएर दायर गरिएको रिट निवेदन बदरभागी हुँदा खारेज गर्न माग गरिएको छ । 


Advertisment
Nabil box
Kumari

‘कसैको सिफारिस विना राष्ट्रपति स्वयंबाट संविधानबमोजिम सम्पादन भएको कामकारवाही र निर्णय अदालतबाट बदर हुन सक्दैन र अमुक व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गर्नू भनी परमादेश जारी हुन सक्दैन,’ राष्ट्रपति कार्यालयको जवाफमा भनिएको छ । 

Vianet communication

सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन सम्बन्धमा राष्ट्रपतिको लिखित जवाफ माग गरेको थियो । ‘राष्ट्राध्यक्षको हैसियतमा सम्मानित राष्ट्रपतिबाट संविधानको धारा ७६ बमोजिम भएका काम कारवाहीका विषयमा रिट क्षेत्राधिकार आकर्षित हुने होइन र यो विषय न्यायिक पुनरावलोकनको विषय पनि होइन,’ जवाफमा भनिएको छ, ‘राष्ट्रपति कार्यालयलाई विपक्षी बनाएर दायर गरिएको रिट निवेदन बदरभागी हुँदा खारेज गरिपाऊँ ।’

सर्वोच्चलाई पठाइएको १५ बुँदे लिखित जवाफमा राष्ट्रपति भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली दुवैले संविधानको धारा ७६(५) अनुसारको प्रधानमन्त्रीमा गरेको दाबी विश्वसनीय नभएको उल्लेख छ । 

‘यसरी उक्त दाबी राजनीतिक दलको मान्यता एवं दलका सदस्यहरूले पालना गर्नुपर्ने अनुशासन तथा राजनीतिक नैतिकता अनुकूल नदेखिएको अवस्थामा त्यस्तो दुवै दाबीलाई संवैधानिक तवरले विश्वासको मत पाउने विश्वसनीय आधार नदेखी दुवै दाबीकर्ताको दावी नपुग्ने गरी सम्माननीय राष्ट्रपतिबाट निर्णय भएको हो,’ जवाफमा भनिएको छ । 

संविधानको धारा ७६(५) अनुसार देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै विपक्षी गठबन्धनले जेठ १० गते सर्वोच्च अदालतमा रिट दायर गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x