२२ जेठ २०८३, शुक्रबार

बाढीपहिरोले आधा दर्जन ग्रामीण सडक अवरुद्ध

असार ३, २०७८
बाढीपहिरोले आधा दर्जन ग्रामीण सडक अवरुद्ध
प्रतिकात्मक तस्वीर

अविरल वर्षासँगै आएको बाढीपहिराले डडेल्धुराका आधा दर्जन ग्रामीण सडक अवरुद्ध भएका छन् ।

डडेल्धुराका ७ स्थानीय तह जोड्ने कच्ची सडक हिलाम्ये तथा भासिँदै गएपछि गाडी चल्ने अवस्था नभएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

डडेल्धुराको, बगरकोट–रुपाल, कोटेली–धनकाट, देवल–राजुल, कोराल खोला–रेल र पोखरा–बेलापुर सडकमा यातायातका साधन चल्ने अवस्था छैन । 

अविरल वर्षाले जिल्ला सदरमुकामको अमरगढी नगरपालिकाअन्तर्गत अमरगढी–७ पोखरा तिलाडी कृषि सडक अमरगढी–११ डोला बडाल सडक खाल्टा–खुल्टी र हिलाम्ये भएको छ ।

जिल्ला सदरमुकामको अमरगढी नगरपालिका, गन्यापधुरा, नवदुर्गा र भागेश्वर गाउँपालिकाको सडक भाँसिएको छ । गन्यापधुरा–२ को कोर गाउँ जोड्ने जिरोपोइन्ट र पारिखेत जोड्ने बाटो अवरुद्ध भएको छ ।

जताततै भिरालो ठाउँमा सडक खन्नाले सडकको स्तरोन्नती नहुँदा समस्या आएको नवदुर्गा गाउँपालिका–४ का स्थानीय गणेश कैनीले गुनासो गरे । सडक अवरुद्ध हुँदा दैनिक जीवनमा समस्या परेको छ । ग्रामीण सडक अवरुद्ध हुँदा सदरमुकाम आउन समस्या भएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्