०२ असार २०८३, मंगलबार

मेलम्चीलाई काठमाडौँ महानगरले २ करोड रुपैयाँ सहयोग गर्ने

मेलम्चीलाई काठमाडौँ महानगरले २ करोड रुपैयाँ सहयोग गर्ने

काठमाडौँ महानगरले मेलम्ची नगरलाई बाढीजन्य विपद व्यवस्थापनमा सघाउन २ करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । आज राष्ट्रिय सभा गृहमा सुरु भएको नवौँ अधिवेसनमा राखिएका प्रस्तावमध्ये विविध विषयमा छलफल गर्दै भगिनी सहरको दुःखमा साथ दिन सहयोग उपलब्ध गराउने निर्णय गरिएको प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।

गएको बर्ष पुस २१ गते वागमती प्रदेशका दुई नगरहरु काठमाडौं महानगर र मेलम्ची नगथरबीच भगिनी सम्बन्ध सम्बन्ध स्थापना भएको थियो ।

भगिनी सम्बन्ध स्थापना लगत्तै मेलम्ची सिटी पार्क निर्माण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । मेलम्ची नगरपालिका वडा नं. १० मेलम्चीबजार नजिक इन्द्रावती नदीको किनारमा जोडिएको स्थलमा पानीको फोहरा, हेलिप्याड, पर्यटक विश्रामस्थल, बालबालिका खेलकुद कक्ष सहितको रमणीय तथा पर्यटकीय पार्क निर्माण गर्न महानगरले यस अघि १ करोड ५० लाख रुपैयाँ प्रदान गरिसकिएको छ ।

दुवै नगरको सहकार्यमा मेलम्ची नदी र सहायक खोलाका उदगम स्थलदेखिका बहाव क्षेत्रहरुमा बृक्षारोपण तथा प्रदुषण नियन्त्रणको काम गर्ने योजना थियो ।
बाढीले अहिले जनधनको क्षतिसँगै पूर्वाधार र जनजीविकाका सबै ठाउँहरुमा क्षति पु¥याएको छ ।

salt training

कमेन्ट गर्नुहोस्