२६ जेठ २०८३, मंगलबार

लप्ची क्षेत्रबाट २२ जनाको उद्धार

लप्ची क्षेत्रबाट  २२  जनाको उद्धार

दोलखाको बिगु गाउँपालिका १ लप्ची क्षेत्रबाट  लामाबगर फर्किदै गरेका २२  जनालाई उद्धार गरिएको छ । नेपाली सेना र नेपाल प्रहरीको संयुक्त प्रयासका आज उनीहरुलाई उद्धार गरिएको हो ।

बिगु गाउँपालिकाका  उपाध्यक्ष सजिव ओलीको  अगुवाईका  डोरीको साहायताले उनीहरुको उद्धार गरेको इलाका प्रहरी कार्यालय  सिंगटीका  प्रहरी निरीक्षक  सुशील केसीले  बताए । उनले माथिल्लो  तामाकोशी जलविद्युत् आयोजनको ड्याम साइटको  माथिल्लो भागमा आउने  छाँगोबाट  आउन  नसकेपछि  १२  पुरुष  र १०  महिलाको डोरी लगाएर  उद्धार गरिएको जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्