
दैनिक राशिफल २०७८ असार ३ गते विहीबार
मेष
आज आफ्नो अधिकांश समय द्रव्य प्राप्तिको कर्ममा खर्च गरिनेछ । परिवार र वित्त सम्बन्धित कार्यहरूमा पनि सफलता मिल्न सक्ला । सकारात्मक सोचले राम्रो परिणाम ल्याउन मद्दत मिल्नेछ ।
वृष
घर बाहिर निक्लनुपूर्व मौसमको जानकारी लिनुहोला । यात्रा कस्टकर हुन सक्ला । नजिकको नातेदारबाट हजुरलाई आज आर्थिक सहयोग मिल्नेछ ।
मिथुन
व्यापार-गतिविधिहरुमा केहि अनुकूल परिणाम मिल्ला । प्रयास गर्नाले आफ्नो मान सम्मानमा वृद्धि देखिएको छ । मिडिया र इन्टरनेटबाट आफ्नो जनसम्पर्कमा बृद्दी देखिनेछ ।
कर्कट
स्वास्थ्यमा केही समस्या रहनेछ, आफ्नो काम पुरा गराउनको लागि आफु अपमानित रहनु पर्ला । ब्यापारमा कार्य सिद्ध गर्न आज एक व्यक्तिको सहयोगको आवश्यकता रहन्छ ।
सिंह
नकारात्मकबोझसंग आफैलाई कमजोरहीन नसोच्नुहोला । आजको समय आफैलाई बुझ्न र अनुहारको वास्तविकता दर्शाउने समय रहन्छ । सत्यको जीत हुनेछ र हजुरको मनमा आज शान्तिको अनुभव हुनेछ ।
कन्या
पेसासँग सम्बन्धित आज खुल्लमखुल्ला कुरा आफ्नो मत र विचार राख्दा धनलाभको संकेत मिलेको छ । आफन्तसंग ,वरिष्ठसँग र सहयोगिहरुसँग राम्रो सुखको वार्तालाप हुन सक्ला ।
तुला
आजको दिन मिठो भोजनले मनमा हर्सको अनुभव गर्ला । आफ्नो आत्मविश्वासलाई केन्द्रित गर्दा सबैजनासँग सुखको फल मिल्नेछ । प्रेमलाई बुझ्न र आदरको भावना प्राप्त गर्न आज घरबाट बाहिर निक्लनु होला ।
वृश्चिक
चिन्ताले आज सताउन सक्ला । घरमा र काम गर्ने सस्थामा समस्या पैदा हुनसक्ला । आज साथी भाइसँग धेरै समय बर्बाद नगर्नु होला नत्र साझपख पछुताउनु पर्ला ।
धनु
सकारात्मक बिचारले आज हजुरलाई धेरै कुरामामा राम्रो बनाउनेछ र आफ्नो लागि केहि लायक र केहि राम्रो सफलता मिल्नेछ । जीवन शैलीमा राम्रो सकारात्मक परिवर्तनले राम्रो नतीजा प्राप्त हुनेछ ।
मकर
स्वास्थ्य: स्वास्थ्य राम्रो हुनेछ, तर केही प्रकारको मनमा असुविधा रहन सक्छ । भविष्यको बारेमा आज अधिक छलफल गर्नुहुनेछ र केहि योजना पनि बनाउनु हुनेछ ।
कुम्भ
आफ्नो जोडीलाई आज पूर्ण विश्वास गर्नु होला नत्र विवाद धेरै नै चुलिन सक्नेछ । कार्यालयको हकमा तपाईं आज पूर्णतया खुसि हुनुहुनेछ र केही आर्थिक लाभ पनि प्राप्त गर्नुहुनेछ ।
मीन
कामबारे सम्बन्धित मुद्दाहरूमा तपाईं आज चिन्तित रहनु पर्ला । मदतको लागि नजिकको मित्रसँग सम्पर्क राख्नु होला । समय अनुकूल बनाउनको लागि कुनै पनि साथी-सम्बन्धित निर्णयहरूलाई स्वीकार गर्नु होला ।
ज्यो. पं. घनश्याम पोख्रेल (९८४१४७९७०७)