३० जेठ २०८३, शनिबार

संक्रमित बालबालिका र सुुत्केरीको उपचारको लागि आम्दा अस्पताललाई ५० लाख

संक्रमित बालबालिका र सुुत्केरीको उपचारको लागि आम्दा अस्पताललाई ५० लाख

कोभिड–१९ को महामारीका नयाँ लहरलाई लक्षित गर्दै जनस्वास्थ्यका क्षेत्रमा प्रभावकारी पूर्वतयारी थालिएको छ ।  

स्वास्थ्य विज्ञहरुले महामारीका नयाँ नयाँ भेरिएन्ट आउन सक्ने र त्यसले जनस्वास्थ्यमा गम्भीर असर पुर्‍याउने बताइरहेका बेलामा बुटवल उपमहानगरपािलकाले महामारीको पूर्वतयारीलाई प्राथमिकता दिएको हो । 

महामारीमा बालबालिका र सुत्केरीका लागि लक्षित गरेर उपचारका सबै प्रबन्ध मिलाउन तथा पूर्वतयारीलाई प्रभावकारी बनाउन सबै पक्षसंग समन्वय एवम् सहकार्य भइरहेको उपमहानगरका प्रमुख शिवराज सुवेदीले जानकारी दिए  । 

बुटवल उपमहानगरपालिका मातहत रहेको सिद्धार्थ बाल तथा महिला अस्पताललाई बाल तथा प्रसुतीको विशिष्टकृत सिटी अस्पतालकै रुपमा रुपान्तरण गर्नेगरी पहल भएको छ ।  बालबालिका र प्रसुतीका वेड थप गर्ने, उपकरण बढाउने र जनशक्तिको समेत आवश्यक प्रवन्ध मिलाउने विषयलाई पूर्वतयारीको प्राथिमकतामा राखिएको उनले बताए । हाल अस्पतालमा कोभिड विशेषका मात्रै पाँच वटा आइसीयूसहितका बेड सञ्चालनमा छन् । 

सेवालाई विस्तार गर्दै कोभिड प्रभावित बालबालिका र सुत्केरीलाई लक्षित आधुनिक उपकरण जडित सुविधासम्पन्न उपचार केन्द्र बनाउन लागिएको अस्पतालका मेसु डा.राजेन्द्रप्रसाद बस्यालले बताए  । उनले उपमहानगरबाट ५० लाख बारबरको स्रोत सुनिश्चित गर्नेगरि ३० लाख प्राप्त भइसकेको र अस्पालमा निर्माणका काम पनि अगाडि बढिरहेको जानकारी दिए । अस्तालमा विशेष कक्ष निर्माण गरेर आवश्यक बेड र उपकरण थप गर्न लागिएको छ । 

विसं. २०५५ साल कात्तिकमा स्थापना भएको उक्त अस्पतालमा हाल एक सय ५० बेड रहेका छन् । विभिन्न विषयका एक सय ८१ जना जनक्तिले अस्पतालमा सेवा दिइरहेका छन् । यसलाई विस्तार गर्दै बाल र प्रसुतीको विशिष्टिकृत सिटी अस्पतालका रुपमा विकास गर्ने भन्दै उपमहानगरले नीति तथा कार्यक्रमसमेत बनाएको छ । 

केन्द्र र प्रदेश सरकारको सहयोग तथा नीजि क्षेत्रको सहकार्यमा उक्त अस्पताललाई बाल तथा प्रसुतीको विशिष्ट अस्पताल बनाउन लागिएको हो । महामारीका गएका लहरबाट पाठ सिक्दै आउने लहरको सामनाका लागि उपकरणको प्रवन्ध मिलाउन, जनशक्तिको व्यवस्थापन गर्न र समन्वयका कामलाई यथाशीघ्र सञ्चालन गर्न बालरोग विशेषज्ञहरुले उपमहानगरलाई सुझाव दिएका थिए । 

विज्ञहरुले जनशक्ति थप गर्न, उपकरणको प्रवन्ध मिलाउन र आपतकालिन अवस्थामा समन्वय गर्ने विशेष संयन्त्र निर्माण गर्न सुझाव दिइएको बालरोग विशेषज्ञ डाक्टर राजु काफ्लेले जानकारी दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्