आधिकारिकता दावीका लागि निर्वाचन आयोग पुग्यो जसपाको उपेन्द्र समूह

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव पक्ष पार्टीको आधिकारिकता दावी गर्न निर्वाचन आयोग पुगेको छ ।

एक अर्काले गरेको कारवाहीमा दावी नपुगेको भन्दै निर्वाचन आयोगले जसपाका पदाधिकारी पूर्ववत् अवस्थामै रहने भनेपछि यादव पक्ष आयोग पुगेको हो । 


Advertisement

अध्यक्ष यादव, संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई लगायतका नेताहरु शुक्रवार आयोगको कार्यालय कान्तिपथ पुगेका हुन् ।

केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्यको हस्ताक्षर सहित आयोग पुगेको जसपाका एक नेताले जानकारी दिए । 

प्रधानमन्त्री केपी ओलीसँग सहकार्य गर्ने कि नगर्ने भन्ने विषयमा मतभेद भएपछि जसपा विभाजन उन्मुख भएको थियो ।

यसअघि जसपाको यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षलाई पार्टीबाट निस्कासन गरेको थियो । 

ठाकुर पक्षले पनि यादवलाई निस्कासन गरेको थियो । आयोगको निर्णय विरुद्ध कानूनी उपचारमा जाने यादव पक्षले निश्कर्ष निकालेको थियो ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्