२६ जेठ २०८३, मंगलबार

बैजनाथको परिवारलाई लोकतान्त्रिकको आर्थिक सहयोग

बैजनाथको परिवारलाई लोकतान्त्रिकको आर्थिक सहयोग

नेपाल लोकतान्त्रिक खेलकुद संघले आफ्ना केन्द्रिय सदस्य एवं प्रदेश नं. २ का संयोजक बैजनाथ बाबा यादवको परिवारलाई रकम शुक्रबार हस्तान्तरण गरेको छ।

महाराजगंजस्थित हेडलाईन क्याफेमा आयोजित कार्यक्रममा संघका केन्द्रिय उपाध्यक्ष बृजेन्द्र हमालले यादवको परिवारलाई (यादवका सालो) नेपाली काँग्रेस खेलकुद विभाग प्रमुख मोहन कुमार बस्नेत लगायत केन्द्रिय सदस्यहरु, बागमती प्रदेशका सदस्यहरुबाट संकलित १ लाखको चेक हस्तान्तरण गरे ।

सो अवसरमा स्वर्गिय यादव प्रति श्रद्धान्जली अर्पण गरिनुका साथै १ मिनट मौन धारण गरिएको थियो । अन्य रकम पनि संकलन भईरहेको र संकलित बाँकी रकम कोभिड १९ को सहजता पश्चात जनकपुरमानै उपस्थित भई परिवारलाई हस्तान्तरण गरिने कार्यक्रममा जानकारी गराइएको थियो।

क्योकुसिन करातेका अन्तराष्ट्रिय खेलाडी समेत रहेका जनकपुर निवासी यादवको कोभिड १९ का कारण जेष्ठ २ गते बिरअस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

रकम हस्तान्तरण कार्यक्रममा केन्द्रिय सचिव मनिष जोशी, केन्द्रिय सदस्य एवं गण्डकी प्रदेश संयोजक हरिश्वर पोखरेल, केन्द्रिय सदस्य एवं बागमती प्रदेश संयोजक दीपक गुरुङ्ग, केन्द्रिय सदस्य राजु विक्रम थापा, राजेश गुरुङ्ग, दामोदर अर्याल, बागमती प्रदेश लोकतान्त्रिक खेलकुद संघका उपाध्यक्ष उमेश गुरुङ्ग, सचिव दामोदर (बद्री) भट्टराई लगायतको उपस्थिती रहेको थियो ।

 

salt training

कमेन्ट गर्नुहोस्