
पछिल्लो २४ घन्टामा २ हजार ७ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१३ हजार ३७ पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण पाइएको शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै मुलुकभर कोरोना संक्रमितको संख्या ६ लाख ४२ हजार ८ सय ८ पुगेको छ ।
यस दिन ४४ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार ६४१ पुगेको छ ।
यस दिन ४ हजार २० संक्रमित निको भएका छन् । यससँगै हालसम्म मुलुकभर कोरोना संक्रमण मुक्त हुनेको संख्या ५ लाख ४९ हजार ६८२ पुगेको छ ।