३१ असार २०८३, बुधबार

पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा जसपा उपेन्द्र यादव पक्षको निवेदन

पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा जसपा उपेन्द्र यादव पक्षको निवेदन

जनता समाजवादी पार्टी नेपाल (जसपा) को उपेन्द्र यादव पक्ष पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ ।

अध्यक्ष यादवसहितका नेताहरूको टोलीले आज निर्वाचन आयोगमा पुगी जसपाको वैधानिकताको दाबी गरेको हो । 

यसअघि गत जेठ १८ को पार्टी पदाधिकारी बैठकले निर्णय गरेबमोजिम पार्टी आधिकारिकरूपमा सञ्चालन गर्नुपर्ने भएकाले यही असार ३ गतेको कार्यसमितिको निर्णयबमोजिम पार्टी आधिकारिकताको विवाद निरुपण सम्बन्धमा निर्वाचन आयोगसँग दलको विधान तथा कानूनबमोजिम निर्णयका लागि लिखित दाबी पेश गरिएको जसपाले आयोगलाई बुझाएको निवेदनमा उल्लेख छ ।
    
सत्ता समीकरणमा दुई पक्षमा विभाजन भएको जसपाको एउटा समूहको नेतृत्व यादव र अर्को पक्षको नेतृत्व अध्यक्ष महन्थ ठाकुरले गरेका छन् ।

ठाकुर नेतृत्वको समूह अहिले सरकारमा सहभागी छ । पार्टी आधिकारिकताको लामो समयदेखि विवाद छ ।

दुवै पक्षले एक अर्कालाई कारबाही गरेर पार्टीबाट निष्कासन गरे पनि निर्वाचन आयोगले मान्यता दिएको छैन ।

यादव पक्षको बिहीबार भएको कार्यकारिणी समितिको बैठकले जसपाको आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्