२९ जेठ २०८३, शुक्रबार

क्रिकेटको बन्द प्रशिक्षणका लागि २० खेलाडी छनोट

असार ४, २०७८
क्रिकेटको बन्द प्रशिक्षणका लागि २० खेलाडी छनोट
प्रतिकात्मक तस्वीर

नेपाल क्रिकेट संघ (क्यान) ले स्कटल्यान्ड र नामिबियासँगको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी गर्न बन्द प्रशिक्षणमा २० खेलाडी छनोट गरेको छ । प्रतियोगिता आगामी महिना स्पेनमा हुनेछ । 

प्रधानमन्त्री कप र मेयर कपमा गरेको खेल प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको क्यानका महासचिव अशोकनाथ प्याकुर्‍यालले जानकारी दिए ।

बन्द प्रशिक्षणका लागि छनोट गरिएका खेलाडीमा ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, पारस खड्का, दीपेन्द्रसिंह ऐरी, आशिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, कमलसिंह ऐरी, अविनाश बोहरा, सन्दीप जोरा, शाहब आलम, शुशन भारी, शरद भेषवाकर, विक्रम शोब, पवन सर्राफ र पृथु बाँस्कोटा रहेका छन् । 

बन्द प्रशिक्षण आइतवारदेखि शुरू हुने क्यानले जनाएको छ । खेलाडीलाई प्रशिक्षण दिन मुख्य प्रशिक्षक डेभ ह्वाटमोर केही दिनअघि श्रीलंकाबाट काठमाडौं आइसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्