बाढी प्रभावितलाई वाइसिएलको राहत

 

माओवादी केन्द्र निकट भातृ संगठन वाइसिएल नेपालका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ केन्द्रीय टोली लिएर राहत सहित बाढी प्रभावित क्षेत्र पुगेका छन् l बाढी पहिरो लगायत प्राकृतिक विपत्तिमा जनताको साथमा खटिन निर्देशन दिएका वाइसिएल नेपालका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ केन्द्रीय टोली लिएर आफै आज मेलम्ची , हेलम्बू चनौटे पुगेका हुन् l


Advertisement

      वाइसिएल नेपाल केन्द्रीय समितिले बाढी प्रभावित क्षेत्र  हेलम्बू चनौटे लगायत स्थान पुगी बाढि प्रभाबित बासिन्दालाई खान पकाउने प्रेसरकुकर ,कडाइ, थाल ,कचौरा, जग ,डाडु ,पनियो, थाल सेट लगायत प्रत्येक घरलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराइएको अध्यक्ष दीपशिखाले जानकारी दिए ।

हिजोमात्र कोरोना संक्रमण र प्राकृतिक प्रकोपलाई मध्यनजर गर्दै वाईसियल नेपाल केन्द्रीय समितिले `विपद राहत कोष’ खडा गरेको थियो । उक्त कोष मार्फत बाढी प्रभावित क्षेत्रमा राहत सामग्री सहयोग गर्ने काम सुरू भईसकेको वाइसिएलले जनाएको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्