काठमाडौं, १३ पुस — जिन्दगीमा तपाईंले पादकै कारण कतिचोटि अप्ठेरो स्थितिको सामना गर्नुभएको होला । अब विवाहको सिजन शुरु भएपछि त झन् भोजमा भारी कुरा खाँदै अपान वायु छोड्दै तपाईंका दिन बित्नेछन् ।

यसमा घिन नमान्नुस् । यो विशुद्ध मानवीय प्रवृत्ति हो । तर कम गनाउने पाद निकाल्न सक्नुभयो भने तपाईंलाई अलि कम दोषी फील गर्नुहुन्छ होला, है ? यसो गर्नका लागि खानेकुरामा परिवर्तन ल्याउनुस् ।
के गर्दा पादहरू यति सारो गनाउने हुन्छन् भनी पत्ता लगाउनका लागि वैज्ञानिकहरूले दिसाको परीक्षण गरिरहेका छन् । दिसामा भएका विभिन्न पोषक तत्वको अध्ययनबाट पादको खराब गन्ध पत्ता लाग्ने उनीहरूको विश्वास छ ।
मासु, दूध र प्रोटीन भएका अन्य खानेकुरामा पाइने सिस्टाइन नामक पदार्थले पादलाई खपिनसक्ने गरी गनाउने बनाउँदा रहेछन् ।
भोजहरूमा प्रायः खाइने फेरि यिनै चीज हुन् ।
सिस्टाइनले पेटमा हाइड्रेजन सल्फाइड ग्यासको मात्रा सात गुणा बढाइदिन्छ । यसैका कारण पादहरू असामाजिक तत्व बन्न पुग्छन् ।
यसका लागि उपाय छ । यी खानेकुरा खाएमा कम गनाउने पाद आउँछ : आलु, केरा, सिमी, अनाज (सिरियल्स), आर्टिचोक (सूर्यमुखी फूलको एक जात), कुरिलो आदि ।
प्रोटीनको पाउडर टन्न खाने मान्छेले पनि बेस्सरी पाद्छन् ।
मिरर युके