०२ साउन २०८३, शनिबार

युरोकपमा आज तीन ठूला खेल हुँदै

असार ५, २०७८
युरोकपमा आज तीन ठूला खेल हुँदै

विभिन्न ११ शहरमा आयोजना भईरहेको १६ औं संस्करणको युरोकप फुटबलमा आज (शनिबार) तीन खेलहरु हुँदैछन् ।

युरोकपको समूह चरण अन्तर्गत आज हुने पहिलो खेलमा फ्रान्स र हंगेरीबीच प्रतिस्पर्धा हुनेछ । समूह 'एफ' मा रहेको दुई टिमबीचको खेल साँझ ६:४५ बजे शुरू हुनेछ ।

दोस्रो खेलमा साविक विजेता पोर्चुगल र जर्मनी भिड्ने छन् । दुई टिमबीचको खेल राति ९:४५ बजे शुरू हुनेछ ।

आज हुने तेस्रो खेलमा स्पेन र पोल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । स्पेन र पोल्याण्डबीचको खेल राति १२:४५ बजे शुरू हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्