×

NMB BANK
NIC ASIA

जीवनको उत्तराद्र्धको समय । झण्डै ८० दशकमा दौडिरहेको उनको पातलो शरीर । सेतै फुलेको कपालमाथि प्रायः लगाउने भादगाउँले टोपी ।

Muktinath Bank

उनीसँग कुराकानी गर्दा जोशिलो आवाज प्रस्टसँग सुनिन्छ । उनी हुन्, रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–७ का वडाध्यक्ष भीमसेन कर्मचार्य ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भैरहवाको ४५ डिग्रीसम्मको तातो गर्मीले भीमसेनको शरीर पाके पनि जनताको सेवामा उनी कत्ति पनि थाकेका छैनन् । जनकपथमा उनको एउटा सामान्य घर छ ।


Advertisment
Nabil box
Kumari

उनी बिहान ८ बजेदेखि राति ८ बजेसम्म साइकलमै वडावासीको सेवामा खटिन्छन् । उनको अनुहार हेर्दा निष्ठाको राजनीति छचल्किन्छ । सेवा भावना नै उनको परिचय बनेको छ । त्यहीँ भएर उनले जहिले पनि चुनाव जितिरहे । 

Vianet communication
Laxmi Bank

सादगी जीवनका कर्मचार्यले आफ्ना वडावासी सबै मतदाता चिन्छन् । उनले २०५० सालमा पनि त्यहीँ वडामा चुनाव जिते । २०५४ सालमा पनि वडाध्यक्षमा चुनाव जिते र फेरि २०७४ सालको स्थानीय तहको चुनाव पनि जितेर ‘ह्याट्रिक’ गरे । ३ पटक नै उनी नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्ष जितेका हुन् ।

कर्मचार्यले पञ्चायत, बहुदल र गणन्तन्त्रको अनुभव पनि गरेका छन् । भैरहवा राजनीतिक परिवर्तनको केन्द्र पनि हो ।   

‘मेरो वडामा ४५० घरधुरीमा २ हजार २०० मतदाता छन्,’ कर्मचार्य भन्छन्, ‘मैले सबै वडाका मतदातालाई चिन्छु । मेरो वडामा कसका छोराले घर बनायो ? कसका छोराले घरको तला थप्यो । कसको नाति जन्मियो । कसको छोरा डाक्टर, नर्स बने भन्ने समेत मलाई थाहा छ ।’

कर्मचार्य भैरहवामा बसेको ५४ वर्ष पूरा भयो । उनको वडामा सबै समुदायका मानिसको बसोबास छ । धर्म पनि फरक–फरक मान्ने वडावासीसँग सधैं उनी घुलमिल हुन्छन् । 

२००२ सालमा पर्वत जिल्लाको तत्कालीन मल्लाज गाविसमा उनको जन्म भएको हो । २०२४ सालमा (पर्वत बेनी) मल्लाजबाट बसाइँसराइँ गरी भैरहवा झरेका हुन् कर्मचार्य । कर्मचार्यका बुवा भारतको कलकत्तामा काम गर्ने, लाहुरबाट घर आउँदा भैरहवा हुँदै जानुपर्ने हुँदा दिदीभिनाजुसँग बसेर पर्वत फर्किने गरेका कारण आफूलाई भैरहवा आउन उनलाई अनुकूल भयो ।

त्यहीँ बेलादेखि उनी साइकल यात्रा गर्न थालेका हालसम्म पनि साइकलमै छन् । निम्न मध्यम वर्गीय परिवारका भीमसेनलाई भैरहवामा धेरैले ‘माइला बा’ भनेर चिन्छन् । उनी परिवारको माइला छोरा हुन् । ‘भीमसेनको नामबाट म कमै परिचित छु,’ वडाध्यक्ष भीमसेन भन्छन्, ‘कसैलाई माइला बा, कसैले माइला काका र कसैले माल्दाइ पनि भन्छन् ।’ 

राजनीतिमा निष्ठापूर्वक लागेका उनलाई कांग्रेसले सधैं वडाध्यक्षको टिकट दियो । २०५० सालमा १००, २०५४ सालमा १५० र २०७४ सालमा ५३ मतान्तरले विजयी भए उनी । उनले गत निर्वाचनमा ४४८ मत ल्याए भने उनका प्रतिद्वन्द्वीले ३९४ मत मात्र ल्याउन सके ।

स्वच्छ र निष्ठाको राजनीति गर्ने पात्रको रूपमा कर्मचार्यलाई भैरहवामा चिन्छन् तर उनी पार्टीको माथिल्लो तहमा कहिल्यै पुगेनन् । उनी अहिले पनि कांग्रेसको क्रियाशील सदस्य मात्र हुन् । 

साइकलमै वडावासीको घरघर पुगेर उनले चुनाव प्रचार गरे । चुनावमा उनले भने, ‘मलाई छानेर तपाईंहरूको सेवामा खटिने अवसर दिनुहोस् ।’

गाडी किन्न नसकेर वा फेसनको रूपमा नभई आफ्नो सन्तुष्टिका लागि साइकलमा आफ्नो जीवन दौडाइरहेको उनले बताए । ‘२०५४ सालमा किनेको साइकल छ । म त्यहीँ साइकलमा अहिलेसम्म हिँडिरहेको छु,’ उनी भन्छन् ।

नगरमा वडाध्यक्षका लागि मोटरसाइकल किन्न पटक–पटक प्रस्ताव गरिएको थियो तर उनले वडाका जनप्रतिनिधिका लागि सवारीसाधन आवश्यक नभएको मत राखे । जनप्रतिनिधि बिलासी हुनु हुँदैन भनेर मोटरसाइकल किन्ने प्रस्ताव उनकै अडानले रोकियो । 

‘सक्नेले आफ्ना गाडी चढ । मोटरसाइकल चढ । नभए मजस्तै साइकलमा हिँड । साइकलमा हिँडेर सानो भइँदैन भन्ने कुरा बैठकमा राखेपछि त्यो प्रस्ताव रोकियो,’ उनी सम्झिन्छन् ।

रूपन्देहीका प्रायः सबै स्थानीय तह अन्तर्गत वडाध्यक्षले सरकारी मोटरसाइकल चढ्छन् तर उनै कर्मचार्यको जोडबलले सिद्धार्थनगरमा मोटरसाइकल किन्ने योजना रोकियो ।

सरल, किफायती र निष्ठा भावले जनताको सेवामा लागिरहेकाले आफू जनताबाट पटक–पटक अनुमोदन भएको निष्कर्ष उनले निकालेका छन् । उनी सधैं जनताको सुखदुःखमा रहिरहे । सुखी जीवन जिउने हो, जनताको करले सम्पत्ति कमाउने होइन, इमान्दारितापूर्वक मेहनतको कमाइ र निष्ठा भए पुग्दो रहेछ भन्ने कुरा पछिल्ला २८ वर्षसम्म जनताको बीचमा रहँदा सिकेको कर्मचार्यले बताए । धनकै बिटोमा सुत्नेलाई राम्रो निद्रा पर्दैन भन्ने उनको बुझाइ छ । 

वडाका लागि विनियोजित बजेटमा देखेसम्म १ पैसा पनि दुरुपयोग हुन दिँदैनन् उनले । त्यसका लागि कर्मचारी र अन्य जनप्रतिनिधिलाई पनि जनताको करबाट संकलित पैसा जनताकै सेवामा खर्चिनुपर्छ, गलत कामको लागि प्रयोग गर्नुहुुन्न, जनताको पैसा दुरुपयोग र भ्रष्टाचार गरे पाप लाग्न भन्ने मान्यतामा रहन आग्रह गर्छन् ।

जीवनमा संघर्षसँग कहिल्यै हार नखाने उनले ४ जना परिवार पालनपोषण, हेरविचार गर्ने जिम्मेवारी बोकेका छन् । भैरहवा झरेपछि कर्मचार्य खेती किसानी गर्दै परिवार पाल्ने मेसोमा लागे । 

त्यतिले मात्र परिवारको गुजारा चलाउन अप्ठ्यारो भएपछि उनी एउटा पसलमा काम थाले । भैरहवामा रहेको पोखरा प्राइभेट कम्पनीमा काम गर्न थाले उनी । उनले काम गर्ने पसलेका साहु नेपाली कांग्रेस सर्मथक भएका कारण उनलाई पसलमा काम गर्दै राजनीति गर्ने बाटो खुल्यो । १० वर्षसम्म पोखरा प्राइभेटमा काम गरेका उनी त्यसपछि कांग्रेस नेता रामकृष्ण ताम्राकारको पसलमा काम गर्न थाले । 

ताम्राकारसँग रहेर उनले ८ वर्ष काम गरे । ताम्राकारका साथमा काम गर्दा उनलाई राजनीतिप्रति मोह झनै बढ्दै गयो । केही समय फर्निचर उद्योग पनि सञ्चालन गरे, त्यो प्रभावकारी भएन । अहिले उनको आम्दानी भन्ने त्यहीँ वडाध्यक्षको मासिक आउने तलब भत्ता मात्र हो । उनका २ छोरा र पत्नी छन् ।

जनप्रतिनिधिहरूले कर्मचार्यजस्तै साधारण जीवनशैली अपनाएमा देशको ढुकुटीबाट अर्बाैं रकममा सवारीसाधन खरिद गर्नुपर्ने थिएन ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x