०३ साउन २०८३, आइतबार
निषेधाज्ञा खुकुलो बनाउने तयारी

निषेधाज्ञाबारे छलफल गर्न उपत्यकाका सीडीओहरूको बैठक बस्दै, होला ‘स्मार्ट लकडाउन’ ?

निषेधाज्ञाबारे छलफल गर्न उपत्यकाका सीडीओहरूको बैठक बस्दै, होला ‘स्मार्ट लकडाउन’ ?

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा सम्बन्धमा निर्णय लिन राजधानी काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको बैठक आइतवार बस्दैछ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा साझ ५ बजेपछि बैठक बस्ने तयारी भएको छ । 

ललितपुरमा प्रमुख जिल्ला अधिकारी ढुण्डिराज निरौलाले निषेधाज्ञा केही खुकुलो बनाउने विषयमा छलफल हुने लोकान्तरलाई जानकारी दिए ।

‘केही क्षेत्र खुकुलो बनाउने विषयमा छलफलमा छौं, निजी सवारी साधनको हकमा जोर बिजोर लागू हुनसक्छ,’ निरौलाले भने ।

यसअघि थपिएको निषेधाज्ञा सोमवार रातिदेखि सकिदैछ । उपत्यकाका सीडीओहरूको बैठकमा ‘स्मार्ट लकडाउन’ बारे पनि छलफल हुँदैछ ।

यसअघि कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा स्मार्ट लकडाउन गर्ने विषयमा छलफल भएको थियो । स्मार्ट लकडाउनबारे औपचारिक रुपमा भने जिल्ला प्रशासन कार्यालयलाई कुनै जानकारी नगराइएको स्रोतले बतायो । 

काेराेना संक्रमण बढेपछि गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाइएको थियो । संक्रमण दर घट्दै गएपछि निषेधाज्ञा खुकुलो गर्न लागिएको हो । 

salt training

कमेन्ट गर्नुहोस्