×

NMB BANK
NIC ASIA

कोरोनाको असर

१० औं करोड लगानीका होटलमा ढुसी र माकुराको जालो, मजदुरको उठीबास !

असार ६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

२०७६ चैतमा बुटवलको कालिकानगरमा होटल डालिमा सञ्चालनमा ल्याउँदा व्यवसायी माधवकुमार खनाल निकै उत्साहित थिए । १० करोड लागतमा मध्यम स्तरको होटलमा लगानी गरेका खनालले होटल सञ्चालनमा आएको १० दिन नहुँदै अनपेक्षित स्थितिको सामना गर्नुपर्‍यो ।

Muktinath Bank

त्यतिबेला कोरोना भाइरस संक्रमणको महामारीको पहिलो लहर शुरू भइहाल्यो । होटलमा अहिलेसम्म ५०० पाहुना पनि राख्न पाएका छैनन् उनले । ५ करोडभन्दा बढी ऋणको मासिक किस्ता र ब्याज गरी ८ लाख रुपैयाँ बैंकलाई बुझाउनुपर्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका महासचिव समेत रहेका खनाल भन्छन्, ‘व्यवसायबाट पलायन हुने अवस्था आयो । आम्दानीको बाटो बन्द भयो । बैंकले ताकेता गरिराखेको छ । व्यवसायबाट उठीबास हुने अवस्था देखिएको छ ।’


Advertisment
Nabil box
Kumari

खनालले भने, ‘पर्यटन क्षेत्र ‘लकडाउन’ खुल्दा बित्तिकै पनि सञ्चालनमा आउँदैन । ६–८ महिना कुर्नुपर्छ । गत वर्ष पुसदेखि फागुनसम्म अलिअलि ग्राहक आउन थालेका थिए । चैत लागेपछि फेरि संक्रमण बढ्न थाल्यो । वैशाखबाट पूरै ठप्प भयो । कर्मचारीलाई तलब दिएरै राख्नुपर्छ । नत्र पछि खुलेपछि दक्ष कामदार नै पाइँदैन । १५ जना कामदार अहिले तलब दिएरै राखेको छु ।’ 

Vianet communication
Laxmi Bank

माधवकुमार खनाल

यसै वर्ष वैशाख १२ गते पाल्पाका जयराम सुवेदीले रूपन्देहीको तिलोत्तमामा सञ्चालनमा ल्याएको होटल मदानीको उद्घाटन गरियो । १६ गतेदेखि निषेधाज्ञा भएर सबै ठप्प भयो । होटलमा माकुराको जालो र ढुसी लागेको देखेर जयराम टोलाउँछन् । जयरामले एकल १० करोड लगानीमा होटल सञ्चालनमा ल्याएको हुन् । 

होटलका प्रबन्धक आयुस सुवेदीले भने, ‘होटल खुल्ने बित्तिकै बन्द हुन पुग्यो । व्यवसाय त ठप्प भयो भयो, होटलका सबै सामान पनि बिग्रिने भए । बेडमा ढुसी लागिसक्यो । बैंकमा करोडौं ऋण छ ।’

आयुस गुनासो पोख्छन्, ‘संक्रमणको लहर शान्त भएर व्यवसायले पुनः गति लिने मिति कसैले भविष्यवाणी गर्नसक्ने अवस्था छैन । व्यवसायबाट टाट पल्टिने चिन्ता बढ्दै गएको छ । कोभिड संक्रमण कम हुँदै गए पनि पर्यटन क्षेत्र अझै कम्तिमा १ वर्ष कोरोनाको असरबाट पूर्ण रूपमा बाहिर आउन मुस्किल छ ।’
 
आयुसको भन्दा निर्मला श्रेष्ठको पीडा पनि कम छैन । निर्मलाले होटलको सम्झौता गर्दा पनि बन्दाबन्दी थियो भने खुला गर्दा पनि लकडाउन नै भयो । नेपालमै हस्पिटालिटीको सम्भावना देखेर उनीसहित ३ जनाको लगानीमा सञ्चालनमा आएको पर्यटकीय होटल दर्शनलाई अहिले दर्शन गर्न कोही आएका छैनन् ।

निर्मला श्रेष्ठ

निर्मला भन्छिन्, ‘विचारको तछाडमछाडबीच व्यवसायमा हात हालियो, अब हात धुने अवस्था आयो । करोडौंको व्याज र घरभाडा तिर्नुपर्ने बेला आम्दानी १ पैसा पनि नहुँदै सञ्चालक फुर्सदिला भए, आम्दामी सबै ठप्प भयो ।’

कोरोना महामारीले अहिले हस्पिटालिटी क्षेत्र नराम्रोसँग धरासायी बनेको छ । महामारीले तत्कालै पुरानो अवस्थामा फर्किने अवस्था देखिँदैन । पर्यटन उद्योगलाई ब्याजदरमा सहुलियत दिएर व्यवसायीको मनोबल बढाउने वातावरण राज्यले सिर्जना गर्नुपर्ने अवस्था आएको छ ।

पर्यटन व्यवसायी गोपाल राना भन्छन्, ‘कतिपय उद्योगमा कर छुट पनि दिन सकिन्छ । पर्यटन क्षेत्रमा परेको कोरोना सिर्जित असर उकास्न लगानीकर्ता र व्यवसायीलाई प्रोत्साहनको नीति अगाडि सार्नुपर्ने आवश्यकता छ ।’ 

प्रदेशमा १० अर्बको क्षति 

लुम्बिनी प्रदेशमा साना ठूला गरी ११ हजार होटल तथा रेस्टुरेन्ट सञ्चालनमा छन् । तीमध्ये ‘फाइभ स्टार’ होटल ८ वटा छन् भने स्टार लेभलका ५०० भन्दा बढी छन् । ती होटलमा अर्बाैं रुपैयाँको लगानी छ । होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष भाष्कर काफ्लेले कोरोना कहरबाट लुम्बिनी प्रदेशमा १० अर्बको नोक्सान भएको बताए ।

‘यही अवस्था रहिरह्यो भने व्यवसायी बाँच्न गाह्रो छ, फेरि तेस्रो लहर आउने भन्छन्,’ काफ्लेले लोकान्तरसँग भने, ‘झण्डै १५ महिनादेखि स्टार लेभलका होटल त बन्द नै छन् । यहीँ अवस्था अझै बढ्यो भने हस्पिटालिटी क्षेत्र शून्यमा झर्नेछ ।’

६० हजार मजदुर बेरोजगार 

११ हजार ५०० होटलमा ६० हजारभन्दा बढी व्यक्ति रोजगार थिए । तिनीहरूमध्ये अहिले १० प्रतिशत मात्र मजदुरलाई होटल व्यवसायीले आधा तलब दिएर राखेका छन्, अन्य कर्मचारीलाई बिदाइ गरेका छन् । बिदाइ भएका कर्मचारी पूर्ण रूपमा बेरोजगार रहेका छन् ।

काफ्ले भन्छन्, ‘मजदुरलाई व्यवसायीले कति महिना भन्ने भन्ने पनि अनिश्चित भयो । तलब दिने आम्दानी १ रुपैयाँ पनि छैन । अवस्था दर्दनाक देखियो ।’

रूपन्देहीमा मात्रै ३ अर्बको क्षति

रूपन्देहीमा ‘फाइभ स्टार’ होटल ५ वटा छन् । ‘फोर स्टार’ होटल १० वटा छन् भने स्टार लेबलका होटल ३० भन्दा बढी छन् ।

होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतमले रूपन्देहीमा मात्रै महामारीले ३ अर्ब रूपैयाँभन्दा बढीको क्षति भएको बताए । ‘व्यवसायीको अवस्था त भनिसाध्य छैन,’ गौतम भन्छन्, ‘रूपन्देहीका धेरै व्यवसायी अब पलायन हुने अवस्थामा छन् । अवस्था डामाडोल छ । व्यवसायीहरू ऋणले तड्पिएका छन् । राज्यले केही सम्बोधन गर्दैन । देशको आर्थिक अवस्था चलायमान गराउने पर्यटन क्षेत्रलाई जोगाउन राज्यबाट केही पहल भएन ।’

‘होटललाई आइसोलेसन र क्वारेन्टीन बनाउन हुने तर सञ्चालन चाहिँ गर्न नदिने राज्यको नीति ठीक भएन । अब अन्य क्षेत्रजस्तै बिस्तारै अगाडि नबढाए पर्यटन क्षेत्र कहिल्यै नउठ्ने गरी थला पर्नेछ । अब पर्यटन क्षेत्रका मजदुरलाई पनि कोरोनाको खोप दिएर व्यवसायलाई लयमा फर्काउनुको विकल्प छैन,’ उनले भने ।

रूपन्देहीमा साना–ठूला गरी १ हजार ५०० भन्दा बढी होटल सञ्चालनमा छन् । भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारीसँगै पर्यटन क्षेत्रमा धमाधम ठूलो लगानी बढ्दै गएको छ । 

होटलको ‘हब’ बन्यो बुटवल–भैरहवा ‘सिक्स लेन’ 

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनीलाई केन्द्रमा राखेर रूपन्देहीमा प्रत्येक वर्षमा १५–२० वटा सुविधासम्पन्न होटल थपिँदै आएका छन् । बुटवल–भैरहवा ‘सिक्स लेन’ सडक अहिले होटल ‘हब’को रूपमा विकास भएको छ । यो क्षेत्र अहिले होटलको केन्द्र बनेको छ ।

व्यवसायी समुन्द्र जिसीले लुम्बिनी र भैरहवाको विमानस्थल निर्माण सम्पन्न हुने तयारीसँगै लुम्बिनीमा बाह्य पर्यटकको ओइरो लाग्ने आकलन गरी पर्यटनमा व्यवसायी झुम्मिएका बताउँछन् ।

काठमाडौं, पोखरापछि हस्पिटालिटीको तीब्र विकासका लागि रूपन्देही अगाडि आएको छ । जिसी भन्छन्, ‘पर्यटन क्षेत्रलाई पुनर्जागरणका लागि राज्यले व्याजदर र घरभाडामा छुटको पहल गरेर पर्यटन क्षेत्रलाई बिस्तारै चलायमान गराउनुपर्छ ।’ 

‘मौद्रिक नीतिबाट होटललाई सम्बोधन गरिनुपर्छ’

नेपाल राष्ट्र बैंकले ल्याउन लागेको मौद्रिक नीतिबाट थला परेको पर्यटन क्षेत्रलाई केही भए पनि राहत हुने गरी सम्बोधन हुने व्यवसायीले आशा गरेको छन् । सिद्धार्थ होटल एशोसिएशनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ (सीपी) ले होटलको व्याज दरमा सहुलियत दिने गरी मौद्रिक नीति आउनुपर्ने बताए । व्यवसायी बैंकको ब्याज, विद्युत् र डिमान्ड चार्ज समेत तिर्न सक्ने अवस्थामा नभएका उनी बताउँछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x