
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएको छ ।
नेपाल धितोपत्र बोर्डले विभिन्न ५१ वटा कम्पनीको शेयर कारोबार जोमिखपूर्ण भएको बताएपछि नेप्सेमा आइतवार उच्च अंकको गिरावट देखिएको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार हप्ताको पहिलो दिन ६३.२८ विन्दुले ओरालो लागेर नेप्से २ हजार ९०५.१४ मा ओर्लेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.६१ विन्दुले घटेर ५२८.५१ मा सीमित भएको छ ।
कूल २१७ कम्पनीको २ करोड ७३ लाख ४४ हजार ५११ कित्ता शेयर ११ अर्ब ८१ करोड ९४ लाख २८ हजार २८९ रुपैयाँमा खरिद बिक्री भए ।
आइतवारको कारोबारपछि बजार पूँजीकरण ४० खर्ब ३६ अर्ब ३९ करोड १५ लाख ५० हजार रुपैयाँको हाराहारीमा रहेको छ ।
आइतवार कारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ३५.४२, व्यापार ९८.४८, होटल तथा पर्यटन ८८.५८, विकास बैंक १०१.०९, वित्त ८०.०४, निर्जीवन बीमा २७८.२५, उत्पादन १४९.५, अन्य ५१.०३, लघुवित्त ११७.६४, जीवन बीमा ३१०.९४, सामूहिक लगानी कोष ०.२ र लगानी २.२८ बिन्दुले घटेका छन् ।
नेप्सेमा अनुसार कारोबारका आधारमा आइतवार नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ८० करोड ९९ लाख ९९ हजार ७७९ रुपैयाँ बराबरको कारोवार भयो । नेपाल इन्स्योरेन्स कम्पनी ४३ करोड २ लाख ५५ हजार ७७०, नेशनल हाइड्रो ३३ करोड ७३ लाख ५४ हजार २२७, एनएलजी इन्स्योरेन्स २८ करोड २ लाख ९२ हजार ६१८ र हिमालयन डिस्टिलरी २४ करोड ६६ लाख ९३ हजार ६४६ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
गोर्खाज फाइनान्स ५.४१, नेशनल हाइड्रो पावर ३.३६, रुरु जलविद्युत् परियोजना ३.१६, तारागँउ रिजेन्सी होटल २ र एनआइसी एशिया ऋणपत्र २०८३ का लगानीकर्ताले २ प्रतिशतले कमाए । युनियन हाइड्रोपावर ९.८१, श्री इन्भेस्टमेन्ट ८.८४, बरुण हाइड्रोपावर ८.७३, नेपाल हाइड्रो डेभलपमर ८.७० र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले ७.८९ प्रतिशतले गुमाएका छन् ।