०४ असार २०८३, बिहीबार

साना सवारी साधनमा जोरबिजोर प्रणाली लागु

साना सवारी साधनमा जोरबिजोर प्रणाली लागु

कोभिड–१९ सङ्क्रमण न्यूनीकरण हुँदै गएपछि काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो (लुज डाउन) पार्दै मङ्गलबारदेखि निजी सवारी साधानमा  जोरबिजोर प्रणाली लागू गरिने भएको छ ।

उपत्यकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीसहित आज बसेको संयुक्त बैठकले अन्य व्यावसायिक क्षेत्र चलायमान हुनेगरी निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए । आउँदो मङ्गलबार बिहान १ बजेदेखि १४ गते राती १२ बजेसम्म उक्त आदेश लागू हुनेछ ।

यसपटक साना सवारीसाधान (कार जीप, भ्यानमा बढीमा चार जना) ट्याक्सीमा तीन जना र मोटरसाइक, स्कुटरमा जोरजोर प्रणाली लागू गरी सञ्चालन गर्ने आदेशमा उल्लेख छ ।  डिपार्टमेन्ट स्टोर्स (ग्रोसरी बाहेक) सपिङ मल, खेलकुद, सामग्री, पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्टका पसल, टेलरिङ सोमबार, बुधबार र शुक्रबार बिहान ११ बजेदेखि अपसान्ह ४ बजेसम्म सञ्चालन गर्न सकिने गरी आदेशमा नयाँ व्यवस्था गरिएको छ ।

सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय, घरायसी सामग्री, अटोमोबाइल, शोरुम अटोमोवाइल पार्टस् पसल, इलेक्टोनिक्स पसल आइतबार मङ्गलबार र बिहिबार विहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म खोल्न पाइने छ ।

salt training

कमेन्ट गर्नुहोस्