०२ असार २०८३, मंगलबार

८  प्रतिशत बोनश शेयर पारित गर्दै प्रुडेन्सियल इन्स्योरेन्सको उन्नाईसौं वार्षिक साधारणसभा सम्पन्न

८  प्रतिशत बोनश शेयर पारित गर्दै प्रुडेन्सियल इन्स्योरेन्सको उन्नाईसौं वार्षिक साधारणसभा सम्पन्न

निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको उन्नाईसौं वार्षिक साधारण सभा आइतवार सम्पन्न भएको छ ।

सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल अग्रवालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

कम्पनीको संचालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको उन्नाईसौं वार्षिक साधारण सभाबाट ८५ बोनस शेयर र ०.४२ कर प्रयोजनार्थ नगद लाभांश दिने प्रस्ताव सर्व सम्मतिबाट पारित भएको छ । साविक १ अर्ब २ करोड  ६४ लाख ३२ हजार चुक्ता पूँजीबाट बोनश शेयर शेयर पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब १० करोड ८५ लाख ४६ हजार ५ सय ६० साठी हुनेछ ।

वार्षिक साधारण सभाबाट कम्पनीको संस्थापक समूह ख अन्तर्गत २ जना सञ्चालकहरुको निर्वाचन सम्पन्न गरेको छ । जसमा सञ्चालक  शैलेष संघई,  र अनिता रायमाझी टण्डन निर्विरोध निर्वाचित भएका छन । सञ्चालकहरुलाई निर्वाचन अधिकृतले पद तथा गोपनियताको सपथ ग्रहण समेत गराएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्