काठमाडौं, १३ पुस–सरकारले पछिल्लोपटक मन्त्री बनेका राज्यमन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।

पछिल्लो समय मन्त्री भएका दिपक खड्काले सम्पत्ति विवरण यसअघि सार्वजनिक भएको थिएन । संखुवासभा क्षेत्र नं २ का प्रत्यक्ष निर्वाचित सांसद खड्नका नेपाली कांग्रेसका तर्फबाट मन्त्री भएका हुन् ।
मन्त्री खड्काको ७ वटा घर रहेका छन् । उनका बुढानिलकष्ठमा ६ वटा र संखुवासभाको चैनपुरमा १ वटा घर रहेको उल्लेख गरका छन् ।
जग्गामा पनि खड्का धनी देखिएका छन् । उनको बुढानिलकण्ठ र चन्द्रागिरीमा २१ रोपनी भन्दा बढी जग्गा जमिन रहको छ भने संखुवासभामा ६५ रोपनी जग्गा छ ।
उनीसँग् ८० लाख नगद, ६५ तोला सुन, ४०० तोला चाँदी र हिरा समेत रहेको छ । उनले आफ्नो सम्पत्ति पैत्रिक, दाइजो, किनेको उल्लेख गरको छन् ।
राज्यन्त्री खड्काले बुझाएको सम्पत्ति विरणमा उनले शेयर बजारमा प्रशस्त सम्पत्ति लगानी गरेको देखिएको छ । उनले आफ्नो श्रीमतीको नाममा १० वटा कम्पनीमा शेयर लगानी गरेका छन् ।