०२ असार २०८३, मंगलबार

आर्मेनियाका प्रधानमन्त्रीले जिते आमनिर्वाचन, युद्ध हारे पनि घटेन लोकप्रियता

असार ७, २०७८
आर्मेनियाका प्रधानमन्त्रीले जिते आमनिर्वाचन, युद्ध हारे पनि घटेन लोकप्रियता

आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानको दलले समयअगावै आह्वान गरिएको संसदीय निर्वाचनमा ५३.९ प्रतिशत मत ल्याएर विजय हासिल गरेको छ । 
 

अजरबैजानसँगको युद्धमा हारेपछि पाशिन्यानलाई राजीनामा दिएर आमनिर्वाचन घोषणा गर्न दबाब परेको थियो । 

तर उनका प्रतिद्वन्द्वी रोबर्ट कोचार्यानको दलीय गठबन्धनले जम्मा २१ प्रतिशत ल्याउन सक्यो । 

विजेता दल वा गठबन्धनले कम्तीमा ५१ प्रतिशत सीट जिते मात्र सरकार गठन गर्न पाउँछन् । 

आरम्भिक नतिजा आउन थालेलगत्तै पाशिन्यानले विजय घोषणा गरेका थिए । तर कोचार्यानको गठबन्धनले यसलाई अवज्ञा गर्दै निर्वाचनमा धाँधली भएको आरोप लगाएको थियो । 

आइतवार भएको चुनावमा चारवटा गठबन्धन तथा २१ वटा दल भिडेका थिए । 

तर वास्तविक प्रतिस्पर्धा पाशिन्यान र कोचार्यानका बीच भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्