०३ असार २०८३, बुधबार

अक्टोबरमा कोरोनाको तेस्रो लहर आउन सक्ने विज्ञहरूको चेतावनी

असार ७, २०७८
अक्टोबरमा कोरोनाको तेस्रो लहर आउन सक्ने विज्ञहरूको चेतावनी

कोरोनाभाइरसको दोस्रो लहरले सताइरहेको बेलामा तेस्रो लहर अक्टोबर महिनामा आउने सम्भावना रहेको विज्ञहरूले चेतावनी दिएका छन् । 

दोस्रो लहरमा पर्याप्त तयारी नगरेपछि कठोर आलोचना खेपेको भारत सरकार तेस्रो लहरका लागि सतर्क छ । अस्पताल, शय्या, भेन्टिलेटर सबैको पूर्ण व्यवस्था गरिएको छ । दिल्ली उच्च अदालतले पनि केन्द्र र दिल्ली सरकारलाई नोटिस जारी गर्दै तेस्रो लहर धेरै टाढा नभएको चेतावनी दिएको छ । 

तर तेस्रो लहरलाई अहिलेको भन्दा सुव्यवस्थित तरिकाले सामना गर्न सकिने विज्ञहरू बताउँछन् । यस तेस्रो लहरले थप एक वर्ष जोखिम तेर्स्याउने अनि यसलाई खोप अभियानले रोक्ने विज्ञहरूको कथन छ । 

१८ वर्षभन्दा कम उमेरका बालबालिकालाई तेस्रो लहरबाट बढी जोखिम भएको लगभग सबै विज्ञहरूको भनाइ छ । बालबालिकाका लागि खोप उपलब्ध नभएकाले जोखिम बढेको विज्ञहरू बताउँछन् । 
 

salt training

कमेन्ट गर्नुहोस्