०३ असार २०८३, बुधबार

कपिल शर्माले सार्वजनिक गरे छोरा त्रिशानको तस्वीर

असार ७, २०७८
कपिल शर्माले सार्वजनिक गरे छोरा त्रिशानको तस्वीर

भारतका प्रख्यात कमेडियन कपिल शर्माले नवजात छोरो त्रिशानको तस्वीर सार्वजनिक गरेका छन् । 

पत्नी गिन्नीले छोरा पाएको पाँच महिनापछि कपिलले आइतवार अन्तर्राष्ट्रिय पिता दिवसको अवसरमा छोरोको तस्वीर सार्वजनिक गरेका हुन् । 

छोरी अनायरा र छोरो त्रिशानलाई सँगै राखेर कपिलले तस्वीर सार्वजनिक गरेका हुन् । त्रिशान सेतो टीशर्ट, नीलो जीन्स र टोपी लगाएर क्युट देखिन्छन् । अनायरा पनि सेतो टीशर्ट र जीन्समा देखिएकी छन् । 

दुवै बच्चा कपिलको काखमा बसेका छन् र कपिल मुस्काइरहेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्