०४ असार २०८३, बिहीबार

दोस्रो चरणको कोरोना खोप लगाइदिन भन्दै सर्वोच्चमा रिट

दोस्रो चरणको कोरोना खोप लगाइदिन भन्दै सर्वोच्चमा रिट

पहिलो चरणमा कोभिसिल्ड लगाएका ६५ वर्षभन्दा माथिका वृद्धवृद्धालाई खोप उपलब्ध गराउनु पर्ने भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । 

सरकारले गत फागुनमा ६५ बर्षभन्दा माथि उमेर समूहका व्यक्तिलाई पहिलो चरणको कोभिसिल्ड खोप लगाएको थियो ।

४ हप्तामा लगाउनु पर्ने खोप १२ हप्ता वितिसक्दा पनि नपाएपछि सर्वोच्च अदालतमा आज चिरन्जीवी धारावासीले रिट निवेदन दर्ता गराएको अधिवक्ता कृतीनाथ शर्मा पौडेलले बताए ।

पहिलो चरणको खोप लगाएका देशभर लगभग २० लाख व्यक्तिले अहिले पनि खोप पाएका छैनन् ।
 

salt training

कमेन्ट गर्नुहोस्