३१ जेठ २०८३, आइतबार

आतंककारी विरुद्धको लडाइमा फेसबुक पनि सामेल, लण्डल हमला पछि गर्यो यस्तो घोषणा

कात्तिक २०, २०७४
आतंककारी विरुद्धको लडाइमा फेसबुक पनि सामेल, लण्डल हमला पछि गर्यो यस्तो घोषणा

काठमाडौं, २२ जेठ– विश्वका लागि खतरा सावित हुँदै गएको आतंकवादी गतिविधिका विरुद्ध फेसबुक पनि सामेल भएको छ । कम्तिमा ७ जनाको ज्यान जानेगरी शनिबार राति बेलायतको लण्डनमा भएको आतंककारी हमलापछि फेसबुकले आतंककारीहरु विरुद्ध उसकै सब्दमा ‘ठूलो कमद’ चाल्ने भएको हो ।

फेसबुकले एक नोट जारी गर्दै आतंकवादी गतिविधि विरुद्ध ठूलो कदम चाल्ने बताएको हो । यद्यपि यसको कदम कस्तो हुनेछ भन्ने विषयमा केही खुलाइएको छैन ।

लण्डन हमला बेलायती प्रधानमन्त्री टेरेसा मेले फेसबुक, गूगल र ट्वीटरजस्ता इन्टरनेट फर्ममार्फत कारबाहीमा सहयोगको माग गरेकी थिइन् ।

आफ्नो एक बयान जारी गर्दै फेसबुकले लण्डन हमलाको कडा निन्दा गरेको छ । साथै आतंककारीविरुद्ध चाँडै नै एक ठूलो कदम उठाउने पनि फेसबुकले जानकारी दिएको छ ।

फेसबुकले आतंकवादसँग सम्बन्धित सामग्री हरसम्भव हटाउन प्रयास गरिने बताएको छ । आतंककारी गतिविधिको शंका लाग्ने वित्तिकै यसबारे सुरक्षा एजेन्सीलाई जानकारी फेसबुकले घोषणा गरेको छ ।

यस्तै, अर्को सामाजिक सञ्जाल ट्वीटरले पनि आफ्नो प्लेटफर्ममा आतंककारी सामग्री र गतिविधिको प्रचार प्रसारमाथि रोक लगाउने काम गरिरहेको बताएको छ ।

ट्वीटर पब्लिक पोलिसीका प्रमुख हेड निक पिकल्सले ट्वीटरमा आतंकवादी र आतंकसँग सम्बन्धित कुनै पनि सामग्रीको लागि स्थान नभएको बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्