२५ असार २०८३, बिहीबार

कति छ तपाईंको आम्दानी ? कसले कति तिर्नुपर्छ ? (करको दरको सूचीसहित)

कति छ तपाईंको आम्दानी ? कसले कति तिर्नुपर्छ ? (करको दरको सूचीसहित)

तपाईँको वार्षिक कमाइ कति छ ? राज्यले तपाईँको कमाइको आधारमा निश्चित कर लिनेगर्छ । आन्तरिक राजश्व विभागले आर्थिक वर्ष २०७८/०७९ को लागि प्राकृतिक व्यक्तिको लागि लागू हुने करको दर सार्वजनिक गरेको छ ।
जसअनुसार एकल व्यक्तिको ४ लाखसम्मको आय भएमा वा दम्पतीको ४ लाख ५० हजारसम्म करयोग्य आय भएमा १ प्रतिशतको दरले कर तिर्नुपर्ने हुन्छ ।

यस्तै एकल व्यक्तिले ४ देखि ५ लाखसम्म करयोग्य रकम आय भएमा ४ हजार र ४ देखि ५ लाखसम्मको रकममा १० प्रतिशतको दरले कर तिर्नुपर्नेछ । तर दम्पत्तीको ५ लाख ५० हजार देखि ५ लाख ५० हजारसम्मको आय भएमा ४ हजार ५०० र ४ लाख ५० हजारदेखि ५ लाख ५० हजारसम्मको रकममा १० प्रतिशतका दरले कर तिर्नुपर्नेछ ।

यस्तै एकल व्यक्तिले ५ लाख भन्दा बढी तर ७ लाखसम्म करयोग्य आय भएमा १४ हजार र ५ देखि ७ लाखसम्मको रकममा २० प्रतिशतका दरले कर तिर्नुपर्नेछ । यस्तै दम्पत्रीले ५ लाख ५० हजार भढी तर ७ लाख ५० हजारसम्मको आय भएमा १५ हजार ५०० र ५ लाख ५० हजारदेखि ७ लाख ७० हजारसम्मको रकममा २० प्रतिशतको दरले कर तिर्नुपर्नेछ ।

करले कति आम्दानी हुँदा कति तर तिर्नुपर्छ विस्तृतमा हेर्नुहोस्ः

salt training

कमेन्ट गर्नुहोस्