०३ साउन २०८३, आइतबार

आज कुन राशि भएकाको भाग्य कस्तो छ ?

आज कुन राशि भएकाको भाग्य कस्तो छ ?

दैनिक राशिफल  २०७८ असार ८ गते मंगलबार

मेष

सोचेअनुसारको कर्म गर्न पाइनेछ । धनराशी खर्चहुदा मन खिन्न हुनेछ । सामाजिक रुपमा केहि गर्नुपर्छ भन्ने भावना जागृत हुन सक्नेछ । पद्दोनतिको समय रहेको छ ।

वृष

टाढाको मित्रबाट अप्रत्याशित कोशेली पाउन सकिएला । समाजमा शीर उच्च बनाएर हिड्न पाइनेछ । धेरैकुरामा आज सफलतातिर लम्किदा, मन हर्षित हुनेछ ।

मिथुन

मन प्रफुल्लित रहनेछ ।  मानसिक दुःखहुने कामबाट दुरी काम गर्नुहोला । परिवारसँग राम्रो समय बित्नेछ । आमाको मिठो परिकारले आज घरको वातावरण सुखद् रहनेछ । 

कर्कट

परिवारसँग घरभन्दा टाढा भ्रमणको योग छ । मान-सम्मान, प्रतिष्ठामा बृद्धि हुनेछ । आफूले आफूलाई धेरै दु:ख दिने कार्यबाट टाढा नै रहँदा बेस होला ।   

सिंह

वाक्चतुर्याईँले धेरै कुरामा सफलता मिल्नेछ । पुरानो साथीको यादले मन चिन्तित रहने छ ।  सावधानीपूर्वक आफ्नो कर्ममा ध्यान दिनुहोला,  व्यर्थमा दुःख पाइनेछ ।  

कन्या

धन प्राप्तीको योग छ, आफन्तजनहरुले मायाममता दर्शाउन सक्नेछन  । जीवन-साथीसँग वार्तालापमा ध्यान  दिनुहोला, दाम्पत्य जीवनमा तकरार हुनसक्नेछ । ठुलामान्यजनको मार्गनिर्देशनले जीवनमा सफलता मिल्नेछ । 

तुला

सवारीसाधनमा नयाँठाउँ घुम्न जान पाइने छ ।  यात्रागर्दा आफ्नो सामानको रक्षा गर्नुहोला,  हराउनसक्ने योग छ ।  धार्मिक, सामाजिक कर्ममा मनअग्रसर हुनेछ । 

वृश्चिक

जीवनसाथीलाई  आकस्मिक उपहार  दिन कोशिश गर्नुहोला,  सम्बन्धमा मिठास थपिनेछ ।  सन्तानको उन्नति प्रगति देख्दा मनमा खुसीको सीमा बढ्नेछ। 

धनु

शरीरमा उत्पन्न रोगले दुःख दिँदा  मन  पिडाले दुखित हुनेछ । स्वास्थमा गिरावट हुदा मनलाई समाल्न आफन्तजनसँग फोनमा वार्तालाप गर्न उचित रहनेछ ।

मकर

रोकिएको  पैसाहरु प्राप्त हुनेछन् । नयाँ कामको थालनी गर्ने आज उत्तम दिन रहनेछ । व्यापारमा प्रगती रहनाले  मन हर्षले गदगद  रहनेछ, जम्मा भएको पैसा शुभ- कार्यको लागि खर्च गर्नुहोला । 

कुम्भ 

दाम्पत्य  जीवन  सोचेअनुसारको सुखद  रहनेछ  । विद्यार्थीवर्गमा अध्ययनमा अरुचिका कारण मान्यजनको  गाली खाइनेछ । नोकरीकोहकमा अरूको अप्रियवचन सुन्नुपर्ला । 

मीन

मिष्ठान्न भोजनको योग छ ।  घरमा नयाँ योजनाका विषयमा छलफल हुन सक्नेछ । आज  नयाँकार्य नगर्नुमा नै बेस हुनेछ । पानी प्रसस्त पिउनुहोला ।  

ज्यो. पं.  घनश्याम पोख्रेल  (९८४१४७९७०७)

[email protected]

salt training

कमेन्ट गर्नुहोस्