
मंगलबार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेका जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसबाहेक देशका अधिकांश स्थानमा सामान्यदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने दक्षिणी भूभाग नजिक मनसुनी न्युन चापिय रेखा समेत रहेको छ ।