३० जेठ २०८३, शनिबार

धूम्रकेतु पृथ्वीबाट नजिक देखियो, यसकारण फेरि आउने छैन पृथ्वी नजिक

कात्तिक २०, २०७४
धूम्रकेतु पृथ्वीबाट नजिक देखियो, यसकारण फेरि आउने छैन पृथ्वी नजिक


काठमाडौँ, २२ जेठ - पुच्छ्रेतारा (धूम्रकेतु सी/२०१५ भी २) आज पृथ्वीबाट सबैभन्दा नजिक देखिएको छ ।
बेलुकी ६ः३० बजेदेखि नेपालबाट हेर्न सकिएको  धूम्रकेतुको पृथ्वीसँग यो नै पहिलो र अन्तिम साक्षात्कार हुने नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।7954-comets02

खगोलविद् जेस जोन्सनले सन् २०१५ नोभेम्बर ३ मा आकाशीय ग्रह निरीक्षण (कटेलिना स्काइ सर्वे) अन्तर्गत पहिलो पटक सो धूम्रकेतु पत्ता लगाएका थिए । सो धूम्रकेतु हाइपरबोलिक भएकाले फेरि पृथ्वी नजिक आउने छैन । पृथ्वीको सबैभन्दा नजिक रहँदा आज १२ करोड १३ लाख ३९ हजार ७८६ किमीको दूरीमा देखिने सोसाइटीले जनाएको छ । खगोलीय दुर्लभ यो घटनालाई नजिकबाट नियाल्न चाहनेका लागि सोसाइटीले बेलुकी ६ः३० बजेदेखि ९ बजेसम्म अङ्कुर विद्याश्रम विजयचोक, गौशालामा देखाउने व्यवस्था मिलाएको थियो ।

सो अवसरमा पृथ्वीको चन्द्रमा तथा बृहस्पति ग्रह र यसका चार चन्द्रमाको पनि अवलोकन गराईएको अध्यक्ष भट्टराईले बताए । सोसाइटीले १० वर्षअघिदेखि खगोलीय घटना सम्बन्धमा इच्छुकलाई निःशुल्क देखाउँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्