०५ साउन २०८३, मंगलबार

उपचारमा गल्ती भएपछि २६ महिला परपुरुषको गर्भ बोक्न बाध्य !

कात्तिक २०, २०७४
उपचारमा गल्ती भएपछि २६ महिला परपुरुषको गर्भ बोक्न बाध्य !
एम्सडम, १३ पुस– नेडरल्याण्डको एक आइभीएफ अस्पतालमा उपचार गरिरहेका २६ महिला आफ्नो पतिको नभइ अरु नै व्यक्तिको गर्भ बोक्न बाध्य भएका छन् । अस्पतालले उपचारको क्रममा गल्ती गरेपछि ती दुई दर्जन महिलाहरुले परपुरुषको गर्भ बोक्न बाध्य भएका हुन् ।

उपचारमा संलग्न युटैक्ट युनिभर्सिटीले उपचारको क्रममा गल्ती भएको स्वीकार्दै ती महिलाहरु समक्ष क्षमा मागेको छ । सन् २०१५ देखि सन् २०१६ सम्म उक्त अस्पतालमा उपचार गराएका महिलाहरु गलत व्यक्तिको स्पर्मका कारण गर्भवती भएका हुन् ।

ती मध्ये कति महिलाले त बच्चा पनि पाइसकेका छन् । कोही अहिले गर्भवती भएका छन् ।

सेन्टरका अधिकारीले भने ‘फर्टिलाइजेशनको क्रममा एक जोडीको स्पर्म सेल्स अरु २६ महिलाहरुको एग सेल्ससँग मिल्न गएको थियो । उक्त स्पर्म अरु कुनै पुरुषको हुनसक्ने सम्भावना न्यून छ तर गल्ती नकार्न भने सकिन्न ।’

सन २०१२ मा सिंगापुरकी एक महिलाले उक्त रहस्य पत्ता लगाएकी थिइन् । आफ्नो पतिको स्पर्म अरु महिलामाथि लगाएको आरोपमा आइवीएफ अस्पतालमाथि उनले मुद्दा दर्ता गराएकी थिइन् ।
ती २६ महिलाहरुबाट जन्मेका बच्चाको छाला र कपालको रंग अलग्गै देखिएपछि अस्पतालमाथि आशंका उब्जेको थियो । एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्