१४ असार २०८३, आइतबार

देउवा आज प्रधानमन्त्री निर्वाचित हुँदै

कात्तिक २०, २०७४
देउवा आज प्रधानमन्त्री निर्वाचित हुँदै
काठमाडौं, २३ जेठ— संसद अवरुद्ध गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी एमालेसँग ४ बुँदे समझदारी भएसँगै व्यवस्थापिका संसदको मंगलबारको बैठकबाट कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित हुने पक्कापक्की भएको छ ।sher bahadur
देउवालाई संसदको तेस्रो र चौथो ठूला दल क्रमशः माओवादी केन्द्र र राप्रपासहितका मधेस केन्द्रीत दल र अरु साना दलले समर्थन गर्ने औपचारिक निर्णय नै गरिसकेकाले उनी प्रधानमन्त्रीमा निर्वाचित हुने पक्कापक्की भएको हो ।
प्रधानमन्त्री निर्वाचित हुन संविधानको धारा २९८ को उपधारा ३ बमोजिम संसदमा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमत अर्थात २९७ संसदको आवश्यकता पर्छ । संसदमा अहिले ५९३ सांसद रहेका छन् ।
संसदमा रहेका मध्ये देउवाको समर्थनमा कांग्रेसका २०७, माओवादी केन्द्रका ८२, राप्रपाका ३७, फोरम लोकतान्त्रिकका १७, संघीय समाजवादी फोरमका १५ सांसदसहित अन्य साना दलपनि रहेकाले उनी स्पष्ट बहुमतमात्रै नभई दुई तिहाईको नजिक छन् ।
वर्तमान सत्ता गठबन्धनकै प्रस्ताव र समर्थनमा शनिबार प्रधानमन्त्रीमा उम्मेदवारी दर्ता गराएका देउवा एक्ला उम्मेदवार हुन् ।
सभामुखसहित प्रमुख राजनीतिक दलबीच सोमबार भएको सहमतिअनुसार मङ्गलबार संसद्का दुई बैठक बस्नेछन् । पहिलो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानमन्त्रीका उम्मेदवार तथा कांग्रेस शेरबहादुर देउवा र विपक्षी दलका नेता केपी शर्मा ओलीले सम्बोधन गर्ने तय गरिएको छ ।
सम्बोधनमा सत्तारुढ दलका नेताहरूले आगामी माघ ७ भित्र तीनै चरणका निर्वाचनमा समयमा सम्पन्न गर्ने, निर्वाचन स्वतन्त्र र स्वच्छ रूपमा सम्पन्न गर्नेलगायतका विषयमा प्रतिबद्धता जनाउने गरी सम्बोधन गर्नेछन् ।
यस्तै दोस्रो बैठकमा प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढाइनेछ ।

salt training

कमेन्ट गर्नुहोस्