१७ असार २०८३, बुधबार

पहिलो चरणमा को–को बन्दै छन् मन्त्री ?

कात्तिक २०, २०७४
पहिलो चरणमा को–को बन्दै छन् मन्त्री ?

काठमाडौं, २३ जेठ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्ने नयाँ सरकारमा पहिलो चरणमा सहभागी हुने मन्त्रीको चर्चा सुरु हुन थालेको छ ।

आज मंगलवार देउवा प्रधानमन्त्री निर्वाचित हुँदैछन् । प्रधानमन्त्रीको रुपमा एक्लो उम्मेदवार बनेका उनी दुई तिहाई समर्थनकै नजिक रहेकोले प्रधानमन्त्री हुने पक्का छ ।

प्रधानमन्त्रीमा एक जना मात्रै उम्मेदवार भएपनि सर्बसम्मत नहुने भएकोले आज संसदमा देउवाको पक्ष र विपक्षमा मतदान हुने छ । देउवा चौथो पटक प्रधानमन्त्री बन्दै छन् ।

केपी ओलीको सरकार ढलाएर माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाएका उनी प्रचण्डले सत्ता हस्तान्त्रण गरेपछि प्रधानमन्त्री बन्दै छन् ।

पहिलो चरणमा मन्त्री हुनेको चर्चा

नयाँ बन्ने सरकारमा कांग्रेसबाट रमेश लेखक, नवीन्द्रराज जोशी र दीपक गीरी पहिलो चरणमा मन्त्री हुने चर्चा चलेको छ । देउवाले लेखकलाई अर्थमन्त्री बनाएर सरकारमा लैजाने तयारी गरेका छन् । रामचन्द्र पौडेल समुहका नेता महेश आचार्यलाई अर्थमन्त्री बनाएर लैजान सम्भावना पनि कांग्रेसमा छ । ज्ञानेन्द्रबहादुर कार्कीको नाम पनि मन्त्रीकाे चर्चामा रहेको छ । गृहमन्त्री माओवादीको भागमा परिसकेको छ ।

आफ्नो समुहका लेखक, पौडेल समुहका जोशी र महामन्त्री सशांक कोइरालाको तर्फबाट चाहिँ गीरीलाई दोर्याउने तयारी देउवाले गरेका हुन् । कृष्ण सिटौला समुहका गगन थापा चाहिँ देउवाको सरकारमा नपर्ने सम्भावना देखिएको छ ।

यसपाली सिटौलाको समुहबाट काठमाडौंका कांग्रेस नेता भिमसेनदास प्रधान मन्त्री बन्ने सम्भावना रहेको छ । सिटौला समुहले एक मन्त्री र एक राज्यमन्त्री पाउँदै छ ।

सम्भवत पहिलो चरणमा आचार्य, लेखक, कार्की र जोशी मध्येबाट सरकारमा जाने छन् । 

माओवादी भित्र पनि पहिलो चरणमा मन्त्री बन्नेहरुको चर्चा सुरु भएको छ । माओवादीले कृष्णबहादुर महरालाईनै नेतृत्व दिएर सरकारमा पठाउने तयारी गरेको छ । तर उनले ‘कमसल’ खालको मन्त्रालय लिएर सरकारमा जाने सम्भावना रहेको छ ।

देउवा सरकारमा अहिलेका उर्जामन्त्री जनार्दशन शर्मा गृहमन्त्री बनेर जाने सम्भावना छ । उनी लोडसेडिङ हटाएर चर्चा कमाएको बेलामा गृह मन्त्रालयको कमाण्ड सम्हाल्न फेरि पनि सरकारमा जाने चर्चा चलेको छ ।
शक्ति बस्नेत र अग्नी सापकोटाको चर्चा गृहमन्त्रीको रुपमा चलेको भएपनि अध्यक्ष प्रचण्डले शर्मालाईनै गृहमन्त्री बनाएर पठाउँदै छन् ।

देउवा सरकारमा ८ वटा मन्त्रालय पाएको माओवादीले अहिले दुई वटा मन्त्रीलाई मात्रै पहिलो चरणमा सरकारमा पठाउन थालेको छ । माओवादी स्रोतका अनुसार पहिलो चरणमा महरा र शर्मालाईनै प्रचण्डले पहिलो चरणमा सरकारमा पठाउँदै छन् ।

salt training

कमेन्ट गर्नुहोस्