
काठमाडौं, २३ जेठ — प्रधानन्यायाधीश सुशीला कार्कीले भावी प्रधानन्यायाधीशका लागि ६ जनाको नाम सिफारिस गरेकी छन् । उमेर हदका कारण मंगलवारदेखि अनिवार्य अवकासमा जान लागेकी प्रधानन्यायाधीश कार्कीले आफ्नो कार्यकालको अन्तिम दिन संबैधानिक परिषदमा ६ जनाको नाम सिफारिस गरेकी हुन् ।
गोपाल पराजुली, दीपकराज जोशी, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्रशमशेर राणा र जगदीशप्रसाद शर्मालाई कार्कीले प्रधानन्यायाधीशका लागि सिफारिस गरेकी छन्। बरिष्ठताको आधारमा पराजुली प्रधानन्यायाधीश हुने छन् ।
कार्कीले आफूले सिफारिस गरेका सवै न्ययायाधीशहरुको व्यक्तिगत विवरण पनि खुलाइदिएकी छन् ।
न्याय परिषदको बैठक बसेर त्यहाँबाट प्रधानन्यायाधीशको लागि नाम सिफारिस गर्ने व्यवस्था रहेको छ । तर, कार्कीले बोलाएको बैठकमा न्याय परिषदकासदस्यहरु उपस्थित नभएपछि न्याय परिषदको बैठक बस्न सकेको थिएन् ।
प्रधानमन्त्री अध्यक्ष रहने संबैधानिक परिषद्ले संबैधानिक निकायका प्रमुख र प्रधानन्यायाधीशको नाम सिफारिस गर्छ ।