०३ साउन २०८३, आइतबार

रुसको खतरनाक पनडुब्बी बेलगोरोड गोप्य मिसनमा हिँँड्यो, अमेरिका र बेलायतमा खलबली

असार १३, २०७८
रुसको खतरनाक पनडुब्बी बेलगोरोड गोप्य मिसनमा हिँँड्यो, अमेरिका र बेलायतमा खलबली

अमेरिका र बेलायतसँग तनावको स्थिति रहेकोमा रुसले संसारको सबभन्दा ठूलो पनडुब्बी बेलगोरोडलाई गोप्य मिसनमा पठाएको छ । 

सन् २०१९ मा सञ्चालनमा आएको यो पनडुब्बी पहिलोपटक सामुद्रिक मिसनमा गएको हो । रुसको रक्षा मन्त्रालयका अनुसार, यस पनडुब्बीका सबै सामुद्रिक ट्रायलहरू पूरा भइसकेका छन् । 

६०४ फीट लामो पनडुब्बीमा फिट गरिएको ७९ फीट लामो पोसीडोन टोर्पिडोले पानीभित्र विस्फोट गरेर समुद्रमा रेडियोएक्टिभ सुनामी उत्पन्न गर्ने हो कि भनी विशेषज्ञहरूले पीर मानेका छन् । 

त्यस्तो स्थितिमा समुद्र तटका शहररूमा ३०० फीट अग्लो लहर आउन सक्छ । सुनामीबाट मान्छे बचेछन् भने पनि कैयौं वर्षसम्म रेडियोएक्टिभ विकिरणको सामना गर्नुपर्ने हुन सक्छ । 
 

बेलगोरोड पनडुब्बी रुसी जलसेनाको आधिकारिक हतियार हैन , अर्थात्, यसको गोप्य एवं आक्रामक कारवाही अस्वीकार्य हुन्छ । यसबाट गरिएको कुनै पनि आक्रमणलाई रुसले आधिकारिक रूपमा स्वीकार गर्न नमान्न सक्छ । 

यसको सञ्चालन रुसको गोप्य सेवा मेन डाइरेक्टोरेट अफ अन्डरसी रिसर्चले गर्नेछ । उक्त निकाय रुसका शत्रुहरूको गोप्य जानकारी जुटाउनका लागि प्रख्यात छ । 

स्पेसल मिसन पूरा गर्न सक्षम यस पनडुब्बीमा अन्तर्महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र तैनाथ गरिएको छ । त्यसले निमेषभरमा वाशिङटन डीसी र लन्डनलाई ध्वस्त बनाउन सक्छ । 

यसमा भएका ६ वटा टोर्पिडोबाट दुई मेगाटनसम्मको आणविक विस्फोट गर्न मिल्छ जुन जापानको हिरोशिमामा अमेरिकाले खसाएको अणुबमभन्दा १३० गुणा शक्तिशाली हो । 
 

salt training

कमेन्ट गर्नुहोस्