२५ असार २०८३, बिहीबार

सदनमा ओली – कहाँ कहाँ कसले हार्न नहुने हो ? चुनावमा हारजित त भइहाल्छ नि !

कात्तिक २०, २०७४
सदनमा ओली – कहाँ कहाँ कसले हार्न नहुने हो ? चुनावमा हारजित त भइहाल्छ नि !

काठमाडौं, २३ जेठ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुरमा सत्ता पक्षले मत पत्र च्यातेर लोकतन्त्रकै भविष्य खतरामा पार्ने कोशिश गरेको बताएका छन् । मंगलवार संसदमा सम्बोधन गर्दै उनले सत्ताको आडमा नभएको परिस्थिति सिर्जना गरिएको बताएका छन् ।

उनले केही मत पत्र च्यातिने वित्तिकै मतगणना केन्द्र कब्जा भयो भन्ने प्रायोजित कुरा गरिएको आरोप लगाए । चुनावमा सत्ता पक्ष हार्न नचाहेको कारणले गर्दा भरतपुरमा यस्तो गतिविधी भएको उनले बताएका छन् ।

‘चुनाव भयो भने हारजित हुन्छ नि,’ उनले भने, ‘तर कहीँकहीँ हार्न मानिदो रहेनछ ।’ उनले कुन कुन ठाउँमा कसले हार्न नमिल्ने हो त्यो प्रतिपक्षलाई पनि बताएमा आफूहरुले पनि ‘माइन्ड मेक अप’ गर्ने उनले बताए ।
सरकारकै पक्षले मत पत्र च्यातेर असहज परिस्थिती सिर्जना गरिएको उनले बताए ।

भरतपुरमा मत गणना चल्दै गर्दा एमाले उम्मेदवार देवी ज्ञवालीले सत्ता पक्षकी उम्मेदवारलाई ७ सय ८४ मतले लिड गरिरहेको अवस्थामा सत्ता पक्षले धाँदली गरेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्