०९ असार २०८३, मंगलबार

निषेधाज्ञा पछि फेरि व्यापार सञ्चालन गर्न लागेका रिटेलर्सहरुलाई सपोर्ट गर्दै कोकाकोला

निषेधाज्ञा पछि फेरि व्यापार सञ्चालन गर्न लागेका रिटेलर्सहरुलाई सपोर्ट गर्दै कोकाकोला

कोका–कोलाले महामारीबाट पुन सञ्चालन हुने क्रममा रहेका किराना र शप अनर्सहरुलाई सहयोग गर्ने  घोषणा गरेको छ । 

यसमा शप अनर्सहरुको लागि सुरक्षाको लागि पहलहरु पनि समावेश गरिएका छन् । यो पहल पछाडिको मूल उद्देश्य भनेको खाद्य र पेय क्षेत्रहरुलाई आफ्नो पहिलेको स्तरमा फिर्ता ल्याउन, कोभिड पश्चात् रिकोभर हुन र फस्टाउन सहयोग गर्नु भएको कोकाकोलाले जनाएको छ ।
 

किराना स्टोरहरुको व्यवसायलाई पुनर्जीवित गर्ने प्रयासमा कोका–कोलाले व्हाट्सएप मार्फत दु्रत र सुविधाजनक अडरिंग सेवा सुरु गरेको छ जसले स्वचालित विव्रmेता र वितरकहरुलाई जोड्नमा सहयोग पुर्याउनेछ । यसको साथै खुद्रा विव्रmेताहरुले व्हाट्सएपको माध्यमबाट वितरकहरुसँग सीधै अर्डर लिन सक्नेछन् ।

यो अवधारणाले व्यापारलाई अगाडि बढ्न र राम्रो सञ्चार बन्न सहयोग पुर्याउँछ र फिजिकल कन्ट्याक्ट हुने जोखिमबाट बचाउँछ ।  यो प्ल्याटफर्म अरु कम्युनिकेशन एप्लिकेशन जस्तै फेसबुक मेसेन्जर र भाइबरमा पनि सम्भव बनाइनेछ ।
 

नेपालका कोका–कोलाका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, “ गत वर्ष साना व्यवसायीका लागि व्यवसाय राम्रो हुन गएन । यो पहलले रिटेलर्सहरुलाई उनीहरुको व्यापारलाई छिटो रिकोभर गर्न सहयोग पुर्याउने छ । यसले ग्राहकहरुलाई सुरक्षित तरिकाले नजिकैको आउटलेटबाट किन्न प्रोत्साहित गरेर ग्राहकहरुसँग बहु डिजिटल विकल्पहरु सहित सम्पर्क राख्नेछ । सेलेक्ट मार्केटबाट सुरु गरिएका यी पहलहरुलाई हामी विस्तारै विस्तार गर्नेछौँ । ” 
 

कम्पनीले आफ्नो उत्पादनहरु हरेक चरणमा हाइजेनिकल्ली ह्यान्डल रहेको सुनिश्चित गर्नको लागि थप सावधानी अपनाएको छ । कम्पनीले कोका–कोलाको कूलर र त्यसमा भएको उत्पादनहरु सफा राख्ने क्लिन अप कार्यक्रमको आयोजना गर्ने छ ।
 

यो पहलले काठमाडौँको रिटेल र किराना स्टोरहरुलाई समेट्नेछ । कोका–कोलाले हाइजिन र पि.पि. ई किट वितरण गर्ने छ र १००० भन्दा बढी स्टोरहरुमा काउन्टर शिल्डको स्थापना गर्ने छ ।

बोतलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, “ कोका–कोलाले इकोनोमिक रिकभरीलाई सहयोग गर्दै आएको छ र हाम्रा खुद्रा विक्रेताहरुलाई सामान्य नेभिगेट गर्न मद्दत गर्ने हाम्रो एउटा जिम्मेवारी रहेको छ । हामी साना व्यवसाय र शप अनर्सहरुको साथमा रहदै आएका छौँ र अर्थपूर्ण रुपमा नेपालको वृद्धि गर्न योगदान पुर्याउँदै आएका छौँ ।”
 

निषेधाज्ञा पछि धेरै किराना स्टोरहरुले आºनो सामानको होम डेलिभरीको प्रस्ताव गर्दै आएका छन् । कोका–कोलाले शप अनर्सहरुलाई स्टोरको सम्पर्क नम्बरहरु रहेको निजीकृत पोष्टर राख्नेछन् जसले कम्युनिकेशन र अर्डरिंगको लागि सहयोग पुर्याउँनेछ ।

salt training

कमेन्ट गर्नुहोस्