२० असार २०८३, शनिबार

कोरोनाविरुद्ध लड्न क्यानडाले नेपाललाई पठायो स्वास्थ्य सामग्री

असार १४, २०७८
कोरोनाविरुद्ध लड्न क्यानडाले नेपाललाई पठायो स्वास्थ्य सामग्री

कोरोनाभाइरसविरुद्धको लडाइँमा सहयोगका लागि नेपाल सरकारले अनुरोध गरेपछि क्यानडाले महत्त्वपूर्ण स्वास्थ्य सामग्री पठाएको छ । 

आइतवार त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक समारोहमा काठमाडौंस्थित अनरेरी कन्सल अफ क्यानडा डा बुद्ध बस्न्यातले स्वास्थय तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेललाई उक्त सामग्री हस्तान्तरण गरे । 

ती स्वास्थ्य सामग्रीहरू क्यानडा सरकारले चार्टर उडानमा राखेर पठाएको हो । ती सामग्रीमा २७ वटा भेन्टिलेटर, १५ हजार ४८ वटा फेस शील्ड तथा १८ सय ९० वटा गाउन लगायतका सामग्री छन् । 

नेपाल सरकारले क्यानडा सरकार तथा मनकारी क्यानाडेली जनतालाई धन्यवाद दिएको भनी परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्