१० साउन २०८३, आइतबार

चीनका प्रमुख उद्योगहरूले सन् २०२१ मा बढाए ८३ प्रतिशत नाफा

असार १४, २०७८
चीनका प्रमुख उद्योगहरूले सन् २०२१ मा बढाए ८३ प्रतिशत नाफा

चीनका प्रमुख उद्योगहरूले सन् २०२१ को जनवरीदेखि मे महिनासम्म पोहोर सालको यही अवधिको समयभन्दा ८३.४ प्रतिशत नाफा बढाएको त्यहाँको तथ्यांक विभागले आइतवार जनाएको छ । यस अवधिमा उसले ५२७ अर्ब डलर नाफा कमाएको छ । 

आर्थिक पुनरुत्थानसँगै वृद्धि देखिएको हो । 

मे महिनामा मात्र प्रमुख उद्योगहरूले ११.४ अर्ब डलर कमाए । औषधि उद्योगले गत वर्षको तुलनामा ८५.७ प्रतिशत वृद्धि गरेको छ । 

तथ्यांक विभागका वरिष्ठ तथ्यांकशास्त्री चु होङका अनुसार, ४१ थरी उद्योगको लगभग ७० प्रतिशतले पोहोर सालको भन्दा धेरै बढी नाफा कमाएका छन् । 

नाफा कमाउने उद्योगहरूमध्ये बढीजसो उत्खनन र कच्चा पदार्थ उत्पादनमा केन्द्रित रहेको उनले बताए । प्रमुख उद्योगको तुलनामा निजी संस्थाहरूको वृद्धिदर कम रहेको पाइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्