जगदम्बा मोटर्सले चर्चित मलेशियन अटोमोबाइल कम्पनी प्रोटोनको बहु–प्रतिक्षित मोडल “प्रोटोन एक्स ७० ' असार १६ नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ ।
कम्पनीले १६ गते साँझ ४ बजे प्रोटोन एक्स ७० भर्चुअल माध्यमबाट सार्वजनिक गर्न लागेको हो ।
पहिला नै लञ्च गर्ने तय भइ सकेको यस गाडी, दोस्रो चरणको कोरोना भाइरसले नेपालमा निम्त्याएको असहज परिस्थिति तथा लकडाउनका कारण रोकिएको थियो । त्यसैले विस्तारै परिस्थिति सहज भए सँगै यस बहु-प्रतिक्षित गाडीलाई नेपालमा पुन लञ्च गर्न लागिएको कम्पनीले जनाएको छ ।
। प्रोटोन कार्स नेपालको आधिकारिक फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण गरिने कम्पनीले जनाएको छ ।
उक्त कार्यक्रममा सहभागी बन्नका लागि प्रोटोन कार्स नेपालको फेसबुक पेजमा (facebook/protoncarsnepal) गइ त्यहाँ रहेको The New PROTON X 70 Virtual Launch event क्लिक गरि Going अथवा Interestedमा क्लिक गर्नुपर्ने हुन्छ । साथै यस भर्चुअल लञ्च कार्यक्रममा सहभागिता जनाएमा मात्र पनि जगदम्बा मोटर्सले सहभागीहरुलाई बिभिन्न आकर्षक उपहारको समेत व्यवस्था गरेको छ।
यस गाडीमा अत्याधुनिक फिचर्स तथा डिजाइनले भरिपूर्ण र संसारभर एकदमै ज्यादा मात्रामा रुचाइएको एस् यु भि रहेको छ।
यसको एक्स्टेरियरमा बो सेप्ड फ्रन्ट बम्पर, फ्लोटिंग रुफ डिजाइन, टाइगर सेप्ड एलईडी हेडल्याम्प अर्थात् बाघको आँखाको जस्तै आकार भएको एलईडी हेडलैम्प, डे टाइम रनिङ ल्याम्प, पानी परेको थाहा पाउने वाइपर्स, पेनोरेमिक सनरूफ तथा किक सेन्सरको साथ पावर टेलिगेट जस्ता अन्य आकर्षक फिचर्स हरु रहेका छन् जसले यसलाई अरुभन्दा फरक र आकर्षक बनाउँदछ ।
यसको इन्टेरियरमा एनएपीपीए छालाबाट बनेको सीट र स्टीयरिंग व्हील रहेको छ जसमा रेडियो नियन्त्रण र ब्लुतुथ फोन नियन्त्रण प्रणाली समाहित रहेको छ। त्यस्तै ८ इन्चको ठुलो स्क्रीन, स्मार्ट मोबाइल फोन कनेक्टिविटी प्रणाली, इन्टेलिजेन्ट एयर फिल्टर, एन ९५ केबिन फिल्टर, ६ यु एस् बि पोर्टहरू तथा भेंटिलेटेड फ्रन्ट सीट यस एस् यु भीको इन्टेरियरमा रहेका छन्।
यसैगरी यो गाडी क्षमताको दृष्टिकोणले समेत अधिक शक्तिशाली रहेको छ। यसमा रहेको १.५ टी जीडीआई टर्बोचार्ज डाइरेक्ट इंजेक्शन ईन्जिनले इलेक्ट्रोनिक सिफ्ट लिभरको साथ ७–स्पीड डीसीटी प्रदान गर्दछ भने इन्टेलिजेन्ट रियल टाइम ४ डब्ल्युडी डुअल–मोड इलेक्ट्रिक पावर स्टीयरिंग तथा प्रोटन ट्युन्ड चेसिसले हिल होल्ड असिस्ट र हिल डिसेन्ट असिस्टमा सहायता पुर्याउदछन् ।
स्टार सेफ्टी रेटिङ्ग पाएको यस गाडीमा ६ ओटा एयरब्याग्स रहेका छन्। यसैगरी यस गाडीमा एडेप्टिभ क्रुज कन्ट्रोल, अटोनोमस इमरजेन्सी ब्रेक एसिस्ट, लेन डिपार्चर वार्निङ्ग, ब्लाईन्ड स्पट इन्फरमेसन सिस्टम, इन्टेलिजेन्ट हाइ बिम कन्ट्रोल, ३६० डिग्री थ्री डि क्यामेरा, टायर प्रेसर मोनिटरिङ्ग सिस्टम जस्ता अत्याधुनिक सुरक्षाका अतरिक्त सुरक्षाका सुविधाहरु रहेका छन्।
प्रोटोन अटोमोबाइल कम्पनी छोटो समयमा प्रसिद्धि कमाउन सफल मलेशियाको राष्ट्रिय अटोमोबाइल कम्पनी हो जसले १९८५मा प्रोटोन साँगाको रुपमा आफ्नो प्रथम गाडी बजारमा ल्याएको थियो।
त्यसपश्चात एकपछि अर्को गर्दै विभिन्न नयाँ मोडलहरु स्वदेशी तथा विदेशी बजारमा विक्री–वितरण गर्दै सफलता हाँसिल गरेको प्रोटोनका गाडीहरु हाल संसारका ७० भन्दा धेरै मुलुकहरुमा उपलब्ध रहेका छन् भने यसका लगभग ४.४ करोड प्रयोगकर्ता रहेका छन् । यसले आफ्नो प्रथम एस् यु भि प्रोटोन ह्ठण् भने मलेशियामा सर्वप्रथम २०१८मा सार्वजनिक गरेको थियो।