२५ असार २०८३, बिहीबार

भारतले सफलतापूर्वक परीक्षण गर्‍यो अग्नि प्राइम क्षेप्यास्त्र

असार १४, २०७८
भारतले सफलतापूर्वक परीक्षण गर्‍यो अग्नि प्राइम क्षेप्यास्त्र

भारतले अग्नि शृंखलाको नयाँ क्षेप्यास्त्र अग्नि प्राइमको सोमवार सफल परीक्षण गरेको सरकारी स्रोतहरूले बताएको भनी भारतीय समाचार संस्था एएनआईले खबर दिएको छ । 

‘उडिसाको तटबाट केही पर जलक्षेत्रमा स्थानीय समयअनुसार आज बिहान १०ः५५ मा भारतले अग्नि प्राइम नामक नयाँ क्षेप्यास्त्र परीक्षण गरेको छ । नयाँ क्षेप्यास्त्र आणविक क्षमतासहितको छ र यसको प्रक्षेपणमा कुनै बाधाव्यवधान आएन,’ स्रोतहरूले बताए । 

डिफेन्स रिसर्च यान्ड डिभेलोपमेन्ट अर्गनाइजेसनका अधिकारीहरूले अग्नि क्षेप्यास्त्रको वर्गमा अग्नि प्राइम विकसित संस्करण भएको जनाएका छन् । 

‘यस क्षेप्यास्त्रको दायरा एक हजारदेखि दुई हजार किलोमिटर छ । पूर्वी तटमा रहेका विभिन्न टेलीमेट्री तथा राडार स्टेसनहरूले क्षेप्यास्त्रलाई ट्य्राक र निगरानी गरेका थिए । क्षेप्यास्त्र पूर्वनिर्धारित दिशामै अघि बढेको थियो र पूर्णतः सही रूपमा परीक्षण सम्पन्न भयो,’ अधिकारीहरूले थपे । 

salt training

कमेन्ट गर्नुहोस्