काठमाडौं २३ जेठ– प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगको क्षेत्राधिकार मिचेर सदन अबरुद्ध गरेको आरोप लगाएका छन् ।
व्यबस्थापिका संसदको मंगलवारको बैठकमा सम्बोधनगर्दै प्रचण्डले आयोगको क्षेत्राधिकार बिरुद्ध सदन अबरुद्ध गरेको आरोप लगाएका हुन् । ‘निर्वाचनको कुरा सदनमा ल्याएर घालमेल गर्नुपर्ने थिएन’ प्रचण्डले भने, ‘निर्वाचन आयोगको क्षेत्राधिकार मिचेर किन सदन अबरुद्ध गर्नुभयो ? सदन अबरुद्ध गरेर संवैधानिक मान्यता र विधि अनुकुल भयो भन्ने जवाफ दिन सक्नु हुन्छ ?’
प्रचण्डले चितवनको भरतपुरमा मतपत्र च्यातिएको बिषय गलत भएको बताए । ‘व्यक्तिगत रुपमा म तपाई (ओलीजी)ले भनेकै कुरा ठीक हो कि भन्ने ठानेका थिए, तर आयोगले नीति नियम अनुसार आयोगलाई निर्णय नगर भन्न मिल्छ ?’ प्रचण्डले भने ।
प्रचण्डले यो निर्वाचन सापेक्षित रुपमा स्वच्छ, धादली रहीत भएको दावी गरे ।