३१ असार २०८३, बुधबार

क्रोएसिया र स्पेनबीच प्रतिस्पर्धा आज : कसले जित्ला ?

असार १४, २०७८
क्रोएसिया र स्पेनबीच प्रतिस्पर्धा आज : कसले जित्ला ?

युरोकपमा सोमवार राति स्पेन र क्रोएसियाबीच राउन्ड अफ १६ को प्रतिस्पर्धा हुन गइरहेको छ । 

स्पेनले ग्रूप चरणको पहिलो दुई खेलमा निकै सामान्य प्रदर्शन गरेको थियो तर स्लोभाकियालाई मज्जैले हराएपछि उसको आत्मविश्वास बढेको छ । 

उता क्रोएसियाले पनि आफ्नो ग्रूपमा सामान्य प्रदर्शन गरेको थियो । पहिलो दुई खेलबाट जम्मा एक अंक बटुलेको क्रोएसियाले अन्तिम खेलमा स्कटल्यान्डलाई हराएपछि दोस्रो स्थानमा रहँदै राउन्ड अफ १६ मा स्थान पक्का गरेको हो । 

आजको खेल डेनमार्कको पार्कन स्टेडियममा खेलिनेछ ।

स्पेनका लागि सेजार आज्पिलिचुएतालाई हलुका चोट लागेको छ तर उनी म्याचका लागि फिट घोषित भएछन् भने प्रशिक्षक लुइस अनरिकेले पहिलेकै टोलीलाई खेलाउन सक्छन् । त्यो स्थितिमा फेरान टोरेस र थियागो अल्कान्तारा सब्स्टिच्युटमा रहनेछन् । 
 

क्रोएसियाका इभान पेरिसिच कोभिड पोजिटिभ भएका छन् र यस खेलमा रहने छैनन् ।

स्पेनले स्लोभाकियालाई ५–० ले हराएर आत्मविश्वास पाएको भए पनि गोल गर्न चुक्ने उसको पुरानै समस्या हो । क्रोएसिया पनि आक्रामक फूटबल खेल्दैन । 
 

दुवैथरी टोलीको फूटबल शैली सुस्त किसिमको छ । मिडफील्डमा बल घुमाइरहने खालका छन् दुवै टोली । त्यसैले खेल रोमाञ्चक नहुने सम्भावना छ । 

जीत चाहिँ शायद स्पेनको हुन सक्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्