
वर्षासँगै परेको चट्याङ्ग लागेर मनरा शिसवा नगरपालिकामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनरा शिसवा वडा नं ४ साढा गाउँका प्रेमशीला देवी र वडा नं ५ कटैया गाउँका विश्वेश्वर राय छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार ५० वर्षीया देवीको घर नजिकै खेतमा राखिएको धानको बिउमा मल राखिरहँदा र ८० वर्षीय रायको गाउँ नजिक भैसी चराउँदै गरेका अवस्थामा आज विहान परेको चट्याङ्ग लागेर घटनास्थलमा नै मृत्यु भएको थियो । रासस