०९ साउन २०८३, शनिबार

प्रधानमन्त्रीलाई कांग्रेस प्रवक्ताको प्रश्न– प्रचण्डसँग एमाले एकता ठीक, एजेन्डामा कांग्रेससँग कुरा मिल्दा बेठीक ?

प्रधानमन्त्रीलाई कांग्रेस प्रवक्ताको प्रश्न– प्रचण्डसँग एमाले एकता ठीक, एजेन्डामा कांग्रेससँग कुरा मिल्दा बेठीक ?

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस सभापति शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुच्छर बनेको भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत शर्माले प्रधानमन्त्री ओलीलाई सोधेका छन्- 'अभिव्यक्तिमा चरम आवेगको यो कस्तो 'भेरिएन्ट' ?

'प्रचण्डसँग एमालेको एकता ठीक, कांग्रेसको कुरा मुद्दामा मिल्दा बेठीक ? साथ छँदा आन्द्रा गाँस्ने, साथ छुट्दा आन्द्रै निकाल्ने अलि अप्रिय भएन र ? अझ माधव नेपालप्रतिको टिप्पणी शोभनीय मानौं कि दयनीय ? सम्माननीय @Pm_Nepal ? विनम्रसँग सोध्छु, अभिव्यक्तिमा चरम आवेगको यो कस्तो 'भेरिएन्ट' ?

हेर्नुहोस्, ट्वीट :

salt training

कमेन्ट गर्नुहोस्