१२ असार २०८३, शुक्रबार

अग्रपंक्तिमा रहेर कार्य गर्नेलाई कोरोना खोपमा प्राथमिकता दिन निर्देशन

असार १४, २०७८
अग्रपंक्तिमा रहेर कार्य गर्नेलाई कोरोना खोपमा प्राथमिकता दिन निर्देशन
प्रतिकात्मक तस्वीर

राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरस रोकथाम र नियन्त्रणका विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पदाधिकारीसँग छलफल गरेको छ ।

कोभिड–१९ विरुद्धको खोपमा नागरिकको पहुँचको अवस्था, खोप कार्यक्रमको प्रगति तथा समग्रमा यसको रोकथाम तयारी र चुनौती सम्बन्धमा जानकारी लिने उद्देश्यले सोमवार छलफल गरिएको हो ।
 
आयोगका अध्यक्ष तपबहादुर मगरले पहिलो खोप लगाएका नागरिकलाई दोस्रो खोपको व्यवस्था मिलाउन, अग्रपंक्तिमा रहेर कार्य गर्नेहरूलाई खोपमा प्राथमिकता दिन निर्देशन दिए । उनले सबै नागरिकलाई खोप लगाउने कुराको सुनिश्चिता गर्न समेत आग्रह गरे । 

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहले कोभिड–१९ को दोस्रो लहर विश्वभरी नै तीब्र रूपमा फैलिरहेको र यसले मानिसको स्वास्थ्यमा जटिल समस्या ल्याइरहेको उल्लेख गर्दै खोप नहुँदा जोखिमको अवस्था कायमै रहेको बताए । उनले खोप आयातको लागि कूटनीतिक प्रयास जारी रहेकाले १ हप्तामा खोपको सहजता आउने बताए ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले हालको तथ्यांक हेर्दा प्रदेश नम्बर १, २ र बागमती प्रदेशमा अझै पनि जोखिम कायमै रहेको जानकारी दिए । स्वास्थ्यकर्मी, सरसफाइकर्मी एम्बुलेन्स चालक, सेवा प्रदायक संस्थाका कर्मचारीहरू, ज्येष्ठ नागरिक, अनाथालय, कैदीबन्दीलाई पहिलो प्रथमिकता, ६० वर्ष उमेर माथिकालाई दोस्रो र १५ देखि ५४ वर्ष सम्मकालाई तेश्रो प्राथमिकतामा राखिएको उनले बताए ।

स्वास्थ्य सेवा विभागका खोप तथा बालस्वास्थ्य महाशाखाका प्रमुख डा. झलक गौतमले खोपको उपलब्धता र प्राथमिकताबारे जानकारी गराए । विभागका परिवार कल्याण महाशाखाका प्रमुख डा. तारानाथ पोखरेलले स्वास्थ्य सामग्री बिक्री वितरणमा कालोबजारी भएका विवरण प्राप्त भएको र यस सम्बन्धमा समिति गठन गरी अनुसन्धान भइरहेको बताए ।

उनले विश्व स्वास्थ्य संगठनको मापदण्डका आधारमा नै कार्ययोजना बनाइ खोप वितरण गरिरहेको जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्