०६ असार २०८३, शनिबार

मदन भण्डारीको जन्मजयन्तीमा रक्तदान

असार १४, २०७८
मदन भण्डारीको जन्मजयन्तीमा रक्तदान
प्रतिकात्मक तस्वीर

नेकपा एमालेका तत्कालीन महासचिव जननेता मदनकुमार भण्डारीको ७०औं जन्मजयन्तीका अवसरमा सोमवार भक्तपुरमा रक्तदान कार्यक्रम गरिएको छ ।     

जिल्लाको सूर्यविनायकमा मदन स्पोर्टस एकेडेमीले आयोजना गरेको कार्यक्रममा २ महिलासहित ४१ जनाले रक्तदान गरेको एमालेका भक्तपुर जिल्ला अध्यक्ष वचन देउजाले जानकारी दिए ।

कार्यक्रममा अध्यक्ष देउजा, एमाले केन्द्रीय सदस्य एवं चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा लगायतले जननेता भण्डारीको तस्वीरमा माल्यार्पण गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्