कंगोमा तैनाथ शान्ति सैनिक (श्री नं. २४ फिल्ड गुल्म-इन्जिनियर्स) ले कंगोमा जीर्ण पुल मर्मत गरी हस्तान्तरण गरेको छ । विगत लामो समयदेखि जीर्ण अवस्थामा रही स्थानीयवासीहरुको आवत जावत तथा फौज समेतलाई बाधा परिरहेकाले शारी नदी माथि रहेको बुडाना पुलको मरामत कार्य गरिएको सेनाले जनाएको छ ।
मर्मत पश्चात असार ज१२ गते उक्त पुल समुद्घाटन गरि स्थानीय सरकारलाई हस्तान्तरण गरिएको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।